चर्चित निर्देशक तथा मोडल चौंहानको आखामा चर्चित मोडल मगर

सिर्जना बर्देवा/
ओखलढुंगा पौष,१२-
चर्चित निर्देशक तथा मोडल बिक्रम चौंहानले आखामा चर्चित मोडल आरुसी मगरलाई झलल् देख्न थालेका छन् । मोडल मगरलाई चौंहानले बिर्सर्ने चाहाना हुदाँ पनि आखामा झल्ल देख्ने गरेका छन् ।
पछिल्लो समय “आँखैमा झलल्” बोलको मौलिक भाका बजारमा आएको छ ।

चर्चित सर्जक तथा श्रष्टा बिरही कार्किको लय तथा शव्द सिर्जना रहेको यस गीतमा स्वयम कार्कि र पुर्णिमा सेन ठकुरीको स्वर रहेको छ । ठकुरीको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियो चौंहान र मगरको उत्कृष्ट अभिनय रहेको छ ।

स्वयम चौंहानको निर्देशन रहेको यस म्युजिक भिडियोको प्रकाश खड्काको छायांकन रहेको छ भने भिडियोको सम्पादन चर्चित सम्पादक मिलन बिकले गरेका छन् । बि.स्टार फिल्मस प्रा.लीले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियो लाई बिन्ध्याबासिनी म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

(भिडीयो हेर्न तल क्लिक गर्नुहोस् )