जुनियर एथ्लेटिक्स प्रतियोगितामा मध्यमाञ्चल पहिलो

राम सुनाम/

बाँके,पुस,१२-

बाँकेको सीतापुरमा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगितामा मध्यमाञ्चल र सुदूरपश्चिमको बर्चश्व देखिएको छ । १५ सय मिटरतर्फको दौडमा मध्यपश्चिमाञ्चल पहिलो भएको छ ।

पुरुषतर्फ माधबकुमार चौधरी र महिला तर्फ चन्द्रा घर्ति पहिलो हुनुभएको हो । त्यस्तै पुरुषतर्फ मध्यमाञ्चलका शुभाष थापा द्धितिय हुनुभयो भने महिला तर्फ पश्चिमाञ्चलका सुस्मिता भट्राई द्धितिय हुनुभयो भने तृतिय स्थान भने सुदूरपश्चिमले हात पार्यो ।

पुरुषतर्फ सुनिल सुनार तथा महिलातर्फ रेखा चन्द तेस्रो हुनुभयो । सटफुट तर्फ पश्चिमाञ्चलले आप्mनो दवदवाह देखायो । महिला शटफुटमा पश्चिमाञ्चलका सुमित्रा थापा पहिलो र पश्चिमाञ्चलकै अस्मिता सेर्पाली दोस्रो हुनुभयो भने त्यसैगरी सुदूरपश्चिमका मीना धामी तेस्रो हुनुभयो ।