लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर संचालन

बाँके,मंसिर,२-

लायन्स क्लब अफ नेपालगन्ज मिडटाउनले निशुल्क आँखा शिविर संचालन गरेको छ । क्लवले  आज बिहान ८ बजेदेखि ४ वजेसम्म नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा निशुल्क आँखा शिविर संचालन गरेको हो ।

निशुल्क आँखा शिविर संचालनमा महासंघले पनी सहकार्य गरेको छ । क्लवले आँखा जाँच गराउन चाहने  सन्चारकर्मीहरु र निजका परिवारका सदस्य, आफन्त र सर्वसाधारणहरुलाई लक्षीत गर्दै निशुल्क आँखा शिविर संचालन गरेको जनाएको छ । 

शिविरमा  चस्माको निशुल्क व्यवस्था पनी गरिएको छ । आज गरिएको निशुल्क आँखा शिविरमा संन्चारकर्मी र सर्वसाधारण गरी १०० जना बढीले आँखा जाँच गराएका हुन ।