दर्शकले रुचाए चलचित्र “कुम्भ करण”लाई

नेपालगन्ज,जेष्ठ ,१९-

 
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ” कुम्भ करण”लाई  हेर्ने दर्शकले खुलेर तारिफ गरेका छन् ।

चलचित्र हेरीसके पछि दर्शकले राम्रो कथावस्तु भएको चलचित्र हेर्न पाएको बताए । एउटा सानो गाउ र त्या रहेको सरकारी स्कुलका ३ शिक्षक र १ अंग्रेजी शिक्षिकाको वरिपरि घुमीरहेको माया प्रेम , सामाजिक विषय र हास्य संवादले दर्शकलाई बाधि राख्छ ।

 हास्य र पानी सरि छल्किदै बगी रहेको कथामा अचानक आउने टुइस्ट नै चलचित्रको मेरोदण्ड हो । कि शिक्षिकाको हत्या कस्ले गर्यो ? यस्का लागि एकपल्ट चलचित्र हेर्न जरुरि छ । समाज र पारिवारिक कथामा बाधीयको चलचित्रले एउटा राम्रो संदेश भने पक्कै दिन्छ । चलचित्र हेरिसके पछी आफैमा आउने एउटा प्रश्न कतै हामी पनि गलत त छैनौ ? जस्ले गर्दा समाज संगै परिवारमा पनि नकारात्मक असर परिरहेको छ । करिब १ घण्टा ४७ मिनेट लामो रहेको यस चलचित्रमा कालाकारको काम तारिफ योग्य छ । हरेक पात्र आफ्नो अभिनयमा अब्बल छन् ।

आकाश पल इन्टेर्टेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ” कुम्भ करण ”मा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री, सुधब थापा लगाएतको अभिनय रहेको छ ।

 
दीपक ओली निर्देशित चलचित्रमा महेश दवाडीको कथा/पटकथा/संवाद, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत रहेको छ । जहाँ चित्रबहादुर घर्तिमगर, क्षितिज बस्नेत र चुपनिधि रिजालले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता रोम ओली हुन् ।