कोठियाघाट पुलबाट खसेर बर्दियामा एक जनाको ज्यान गयो

बर्दिया , जेष्ठ ,२०-


बर्दिया जिल्ला राजापुरको कोठियाघाट पुलबाट खसेर आइतबार एकजनाको ज्यान गएको छ।

राजापुर नगरपालिका वडा नं १० खैरेनी चन्दनपुर निवासी ४२ वर्षका कुखुर थारुको ज्यान गएको हो।

उनी आइतवार आफ्ना साथीहरूसंग कोठियाघाट खोलामा माछा मार्न  गएका थिए । पुलबाट तल खोलामा हेर्ने क्रममा लडेर उनी सिकिस्त घाइते भएका थिए । उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याईएको थियोे ।

उनको टाउको , खुट्टा , मुखमा गहिरो चोट लागेको अस्पतालमा कार्यरत डा- बिनोद प्याकुरेलले बताए। उनको अस्पताल ल्याएको केही बेरमै मृत्यु भएको अस्पताल ले जनाएको छ ।अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान नवराज शर्माका अनुसार भोलि पोष्टमार्टम गरि परिवारले अन्तिम संस्कारका लागि लगिने बताए । मृतकका छोरा बिनोद थारुका अनुसार उनको अन्तिम संस्कार अाफनै गाउँमा लगेर गरिने छ।