फोटोपत्रकारको गलत प्रवृत्ति विरुद्ध लड्छौ, कोही कसैले भ्रम नछरे हुन्छ

काठमाण्डौं,मंसिर,२०-

नेपालीमा एउटा उखान छ जो अगुवा उही बाटो ‘ भने जस्तै  कामको नाममा वरको सिन्को पर नसार्ने, अरुले गरेको कामको जश आफूले लिने र अरुकेही पनि होइनन् । म मात्रै हो भन्ने प्रवृत्तिलाई हामीले संस्थागतरुमपा नै पराजित गरिदिएका छौ । राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) को नाममा विभिन्न जिल्लामा समुहको शाखा खोल्ने काम समुहका आर्थिक लगानीमा सम्पन्न गर्न हामीले धेरै ठूलो मेहनत गरेका थियौ ।
 
जसका कारण हामीले राम्रै सफलता समेत पाएका थियौ । तर कुनै पनि काम नगर्ने, संस्था मात्रै ओगटेर बस्ने प्रवृत्तिलाई हामीलाई पराजित गरेर नयाँ यात्रा तय गरेका छौ ।विगतमा मेरै पालामा भएको र पछि तत्कालीक संस्थाका अध्यक्ष ध्रुव आलेले काठमाडौं केन्द्रिय कमिटि भन्दा वाहिरका सदस्य हरि रेग्मी र सागर श्रेष्ठलाई काधमा वोकी विभिन्न जिल्लामा हस्ताक्षर संकलन गरेको र उक्त हस्ताक्षर पछि संस्थालाई फोटोपत्रकार महासंघ वनाउन आफ्नो खुसी काठमाडौमा रहेको समुहको केन्द्रीय कमीटिलाई जानकारी नगराई आफुखुसी एकलौटी ढंगवाट गलत तरिकाले संस्था दर्ता गरेकाले काठमाडौं कमिटिको असहमतीको वावजुद काम गरियो ।
 
राष्ट्रिय फोटो पत्रकार समूहको नाममा राम्ररी क्यामेरा समेत चलाउन नजान्ने हरि रेग्मी प्रवृत्तिलाई हामीले विगतमा नै राम्रै सवक सिकाएकै थियौ । तर पनि अध्यक्षको मनोमानीले गरिएको महासंघलाई वैतानिकता नमान्ने ढंगवाट समुहको वहुमतको संख्याले विशेष साधरण सभा माग गरि नयाँ कार्यसमिति चयन गरि तत्कालिक अध्यक्षले गरेको सम्पूर्ण कामकारवाही वदर गरि समुहवाट निस्कासन गरिएको यहाहरुलाई थाहा भइ सकेपछि पनि संस्थाको सम्पूर्ण हर हिसाव र संस्थाको आधीकारीक प्रमाणपत्रहरु माग गर्दा ७ महिना सम्म अध्यक्षले मनोमानी गरे ।
 
सो प्रवृत्ति  यस संस्थालाई समाप्त पार्ने उद्देश्यले लुकाएर राखेको कारण हामीले वारम्वार मौखिक रुपमा जानकारी गराई अटेर पछि काठमाडौं जिल्ला प्रशासनमा उजुरी निवेदन दिए पछि २ महिनासम्म पनि संस्थाको तर्फवाट आधिकारीक रुपमा सम्पूर्ण सदस्यहरुलाई उपस्थिति गराई हामी माथि जिल्ला सदस्य प्रक्रियामा रहेका साथीहरुको वहुमतिय हस्ताक्षर वुझाएको भन्ने हल्लाका आधारमा महासंघ दर्ताको फाइल हेर्ने मनासयले जिप्रकामा निवेदन दिदा संस्था दर्ताको सम्पूर्ण प्रमाणपत्रहरु त्यहाको कर्मचारीको मिलेमतोमा गायव वनाउने जस्ता हर्कत देखा परेको थियो।
 
संस्थालाई भजाएर खान मात्रै पल्किएका प्रवृत्ति मुद्धा लड्छु भन्ने जस्ता गतिविधि गरी साथै विभिन्न जिल्लाका फोटोपत्रकार सदस्यहरुलाई महासंघ ठुलो हो भन्दै ३ सदस्यीय टोली भ्रम सृजना गरि हाल सम्मपनि हिडिरहेका छन् ।आफ्नो मनोमानी ढंगवाट राष्ट्रिय फोटो पत्रकार समुहले गरेको राष्ट्रिय अवार्डको विषयमा मनोगत ढंगवाट आर्थिक घोटला भनि विभिन्न जिल्लाका साथीहरुलाई भ्रममा पार्ने काम महासंघका अध्यक्षको नेतृत्वमा सो घोषित उपाध्यक्ष र महासचिवले अर्नगल प्रचारमा उत्रेर चरित्रहत्या सम्मको हर्कत गरेर अगाडी वढ्ने नियत  देखिएको छ ।
 
उक्त कार्यक्रमको हर हिसाव लेन देनमा पनि संस्थको चेक व्यक्तिको खल्तीमा राखेर संस्थालाई वदनाम पार्ने हिसावले ३ महिनासम्म अध्यक्षको नेतृत्वमा मिडियामा विज्ञापन दिएको वापतका विलको चेके हस्तान्तरणमा अवरोधका गरेका थिए  । भने मैले अवार्डको सम्पूर्ण हिसाव विशेष साधारण सभामा पेश गरि सकको पनि जानकारी गराउदछु साथै २०७४ सालमा हरि रेग्मीको संयोजकत्वमा भृकुटीमण्डपमा भएको प्रिन्टीङ एण्ड फोटोग्राफी एक्सपोको सम्पूर्ण हरहिसाव संस्थामा नवुझाइकन हरि रेग्मीले आफूलाई महासचिव भएको बताउँदै संस्थाको हिसाब मनोमानि ढंगले मौखिक रुपमा गरेका छन् भने संस्थालाई उक्त कार्यक्रम वापत उपलव्ध गराउनु पर्ने लाखौ रकम अहिले सम्म समुहको खातामा कुनै उल्लेख गरिएको छैन ।
उनिहरुले कमलादीमा भएको संस्थाको कार्यालय हडपेर महासंघको वोर्ड राख्ने र संमुहको अफिस कव्जा गरेर केही समय वसेता पनि पछि अन्तत घरपेटीलाई कोठा भाडा तिर्न नसकेपछि ताला लगाएको थियो ।पछि  ३ महिनाको भाडा समुहको चेक मार्फत तिरेर पनि संस्थाको समान उनीहरुले नै लगेको अवस्थामा केही महिना अगाडी भृकुटी मण्डपमा हाल महासंघको भनिएको समुहको नाममा रहेका खालि ठाउमा आफ्नो मनोमानीले तवरले महासंघको हो भन्दै राष्ट्रिय फोटोपत्रकार समुहको नाममा लिएका थिए ।
 
उनीहरुले सोही ठाउमा सवै समान राखेर पछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको उजुरी पछि प्रसासनको सोधपुछ पछि मेलमिलाप गराई सस्थाको सम्पूर्ण समाग्राीहरु वुझाउने र स्वतन्त्र ढंगवाट समुह आफ्नौ नाम र काममा फर्कने गरी समझदारी भएपछि पनि विभिन्न वहानामा समुहको सामाग्री हस्तान्तरणमा ढिलासुस्ती गरिएको थियो भने आज सम्म पनि हरि रेग्मीले समुहको आर्थिक हिसाव किताव वुझाउन अटेर गरेका छन् ।
 
पछिल्लो समयमा वभिन्न जिल्ला शाखाका साथीहरुलाई समूह एउटा  महासंघको च्याप्टर हो भनी भ्रम सृजना गरिएको हिडिरेका छन । सस्थाको सदस्य नविकरण नगर्नु भनि अर्नगल प्रचारमा उत्रेको र साथीहरुलाई महासंघको पदिय प्रलोभन समेत दिइएको सुन्नमा आएकोछ । महासंघको नाममा फेरी पनि ठुला योजना र एक्स्पो आयोजना गरि आर्थिक स्वाद लिने प्रयासमा तल्लिन भएको पाइएको हामी सहजै रुपमा वुझ्न सिकिन्छ । यस्तै भव्य प्रचार हुने, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति पाइने र हाम्रा साखाहरु अमेरीका जापाज लण्डन भन्दै प्रचार गराइएको छ । यो सदा सर्वदा गलत र भ्रामक प्रचार रहेको छ ।
 
एक्स्पो आयोजना भएको एक वर्ष पुग्न लाग्दा पनि समुहको नाममा भएको हर हिसाव नवुझाई व्यक्तिगत  चरित्रहत्या तर्फ उन्मुख हुने रेग्मी प्रवृत्ति विरुद्धफेरी पनि हामी फोटोपत्रकारहरु एकजुट भइ प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ । विगतको हिसाव नदेखाई मनलाग्दी गर्नेलाई साथीहरुले राम्रोसँग नै चिनेका छन् ।उनीहरुको गलत धन्दा र कुचेष्टालाई हामीले राम्रैसँग प्रतिवाद गरेका छौ । तर उनीहरुको गलत हर्कत भने जारी रहेको छ ।
 
मैले र यस समुहका सम्पूर्ण साथीहरुले निरन्तरको लडाइ पछि आज राष्ट्रिय फोटोपत्रका समुह पहिलेको स्थानमा आफ्नो अस्तीत्वमा रहन सफल भएको छ ।साथै आगामी  दिनमा हामी अझै शसक्त रुपमा अगाडी वढी समुहलाई महासंघको अवधारण अन्तरगत विभिन्न जिल्लामा रहेका फोटो पत्रकारहरुलाई समेटी उनीहरुको हक हितमा लाग्ने प्रण गर्दछौं ।साथै विभिन्न जिल्लामा रहेका सम्पूर्ण सदस्य साथिहरुलाई महासंघको नाम ठाउ र प्रलोभनमा पार्ने हर्कत प्रति सचेत रहन पनि आह्वान गर्दछौ ।
 
आगामी दिनमा हामी फोटोपत्रकारहरु फोटोपत्रकारको रुपमा प्रत्यक्ष फिल्डमा खट्ने र काम गर्ने प्रति यहाहरुको विश्वास रहनेमा हामि ढुक्क छौं । गलत प्रवृत्ति न महासंघको आधिकारीक घोषण गर्न सक्छन नै न आफुलाई फोटोपत्रकार सावीत नै गर्न सक्छन ।हिजो मैले फोटोपत्रकारीता गरेको र म सिनियर हु भन्दै तिमिहरु जस्ता सानाले केही गर्न सम्दैन भन्ने प्रचार प्रसार र विरुद्धमा उत्रेको पनि देखिदै आएको हामीले पाएका छौ .।
 
साथै विभिन्न वहानामा राष्ट्रिय फोटोपत्रकार समुहलाई अहिले पनि आरोप प्रत्यारोप र भ्रमात्मक सन्देशहरु महासंघको विभिन्न वक्तव्यमा देख्न सकिन्छ । यस्ता प्रवृत्ति विरुद्ध कडा संघर्षगर्न जरुरी रहेको छ । काम नगर्ने केवल पद मात्रै खोज्ने प्रवृत्ति फोटो पत्रकारलाई सुहाउने विषय होइन । हामी काम गर्छौ, हाम्रो आफ्नो नाम छ, इज्ज्त छ , प्रतिष्ठा पनि छ । क्यामेरा चलाएको जस्तो गर्ने आन्तरिक कार्यक्रम र महोत्सवको कुनै बेला श्रव्य दृश्य खिचेको नाममा पद र प्रतिष्ठा ओगटन खोज्ने रेग्मी प्रवृत्ति एकदिन पराजित भएर जाने छ ।
 
विगतको हिसाब किताब गोलमाल गर्ने, गलत काम गर्ने, आफूलाई वरिष्ठ दावी गर्ने प्रवृत्ति समेत पराजित हुने छ ।हामी सबै व्यवसायिक फोटोपत्रकारलाई एक ठाँउमा गोलबन्द गरेर उनीहरुको पेशागत सुरक्षा र हक हितका लागि आवाज उठाउँछौ । तर पर्दा पुच्छर लुकाएर भाग्ने छैनौ । तर अहिले हामीलाई आधिकारिक नभएको, हाम्रो संस्थाको एउटा सामान्य शाखा भनेर जसरी गलत प्रवृत्तिले प्रचार गरेको छ त्यो सदा सर्वदा गलत रहेको छ ।
 
हामीलाई थाहा छ हामीले विगतमा इतिहास कायम ग¥यौ । तीस भन्दा बढी फोटोपत्रकारलाई सम्मान ग¥यौ । उनीहरुको पेशागत हितका लागि काम ग¥यौ । काम गरेको जस्तो गरेर भाषण गर्दै हिड्ने, पद चाइदैन भन्दै विभिन्न पद ओगटेर वस्ने , पैसा मात्रै चाहिने रेग्मी प्रवृत्तिले यो बीचमा के कति समाचारमा फोटो खिच्यो, उनीहरुको अवस्था कहाँ छ मैनबत्ती बालेर खोज्दा समेत भेटिदैन ।हामीले न त विगतमा गलत काम ग¥यौ, न त आज नै नत भोलि नै । हामी विधिमा विश्वास गर्छौ । हामी लुकेर वा भुक्याएर कोही कसैलाई पनि छुरा हान्दैनौ । हामी विचारमा विश्वास गर्छौ, हामी बहसमा विश्वास गर्छौ ।
 
हामी रचनात्मक काममा विश्वास गर्छौ । हामीलाई लुकाएर भ्रष्टाचार गर्नु छैन । हामीलाई नक्कली र फर्जी बिल बनाएर पनि खानु छैन । त्यसकारण गलत प्रचार नगर्दा नै उत्तम हुन्छ । यो कोही कसैप्रति पनि परिलक्षित छैन । मैले गलत प्रवृत्ति विरुद्ध बोल्ने साहस गरेको हो । कोही कसैप्रति व्यक्तिगत रुपमा लेनदेन पनि छैन । लिनु आवश्यक पनि छैन । गलत प्रवृत्तिको विरोध गर्दा चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने जसरी कोही कसैले प्रतिक्रिया दिन्छ भने मेरो भन्नु केही छैन ।