अौषधि पसलमा आगलागि हुदा करोडौं मुल्य बराबरको क्षति

नेपालगन्ज,मंसिर,२०-
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज नजिकै रहेका दुईवटा मेडिकल पसलमा गए राति अागलागि हुदा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ ।

गए राति ११ बजेतिर पसल बन्द रहेको बेलामा अागलागि भएको थियो । पसलमा बिद्युत सट भएर अागलागि भएको प्रहरी बताएको छ । स्थानीय माया मेडीकल र सफा मेडिकल हल दुईवटा अौषधि पसलमा अागलागि भएको थियोे ।

अागलागि भए पश्चात् स्थानीय व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए । बन्द सटरबाट धुवाँको मुस्लो निस्केपछि होहल्ला भएको स्थानीयले बताएका थिए । तत्काल अागो निभाउन दमकललाई खबर गरेता पनि लगभग ४५ मिनेट पछि मात्र दमकल अाएको थियोे ।

दमकल समयमै अाएको भए कम क्षति हुनसक्थ्यो भनि अन्य पसलेहरुले गुनासो गरेका थिए । लगभग २ घण्टा पछि अागो नियन्त्रणमा अाएको थियोे । उक्त पसलमा रहेको अौषधि, रेफ्रिजेरेटर, लत्ताकपडा , दराज लगायत सरसामान नष्ट भएको छ ।