मनोनयन पत्र बोकेर काँग्रेस उपमेयरकी उम्मेदवार उमा बाँके आउँदै

बाँके,जेष्ठ,२९-

स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदकी उम्मेदवार उमा थापामगर मनोनयन पत्र बोकेर भोली गृह जिल्ला बाँके आउँदैछिन् ।नेपाली काँग्रेसले बाँकेको ८ ओटै तहको उम्मेदवारको टुङ्गो लगाए पनि मनोनयन पत्र प्रकाशनमा ढिलाइ गरे पश्चात थापामगर राजधानी काठमाण्डौंमै थिइन् ।

अन्य पदका उम्मेवार घरदैलो अभियानमा जुटीरहँदा उनी ६ ओटा स्थानिय तह नेपालगन्ज उपमहानगरपालिका , बैजनाथ गाउँपालिका , खजुरा गाउँपालिका , डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका उम्मेदवारहरको मनोनयन पत्र लिइ गृहजिल्ला बाँके आउँदैछिन् ।

लामो समय देखि पत्रकारीतामा सक्रिय थापामगर नेपाली काँग्रेसकी क्रियासील र जुझारु महिला नेतृ पनि हुन् । संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिक सभासदकी उम्मेदवार थापामगर नेपालगन्ज उपमहाननगरपालिकाका अन्य दलका उपमेयरको तुलनामा निकै बलियो उम्मेदवारका रुपमा चर्चामा छिन् ।