प्रकाश खरालको नरोई बसे सानु बोलको गीत सार्वजनिक

रोशन घर्ती,

दाङ,जेठ,२९-
कामको शिलशिलामा जापानमा रहेका प्रकाश खरालको आवाजमा नरोइ बसे सानु बोलको गीत बजारमा सार्वजनिक भएको छ ।पदेशमा रहेको युवा सर्जकहरुको सिर्जनामा रहेको नयाँ गीत नरोइ बसे सानु सांगितिक बजारमा सार्वजनिक भएको हो ।

चितवन भरतपुर घर भएका नवकलाकार प्रकाश खरालको आवाजमा रहेको यो पहिलो गीत हो जसमा उनलाई देवी घर्तीले साथ दिएकी छन् ।परदेशमा रहेका सर्जक प्रेम सापकोटा सोनुको लय सिर्जना र परदेशमै बस्ने दिपक कँडेलको शव्दमा गीत तयार भएको हो ।

गीतमा माया प्रेममा विछोड भए पछिका दुःखान्त कुराहरुलाई प्रस्तुत गरिएको छ ।गीतको अभिनयमा सञ्चारकर्मी सुवास कँडेललाई सारिका के.सीले साथ दिएकी छन् ।

कँडेलले आगामी दिनमा पनि अभिनयलाई निरञ्तरता दिने र त्यसलाइ दर्शकहरुले मन पराइदिनेमा आफु आशावादी रहेको बताए ।बबइ म्युजिकले बजारमा ल्याएको गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका हुन् ।

भिडीयो हेर्नुहोस् ।

New Nepali Lok Dohori | Ma Marera Gaya Ni – Devi Gharti & Prakash Kharal Ft. Sarika KC/Subash Kandel