पर्यटक आकर्षणको केन्द्र बन्दै डोटीको ‘छहरा झर्ना’

मनै लोभ्याउने ‘छहरा झर्ना’ जो सुकैलाई कवित्व भावमा परिणत गराउछ !

बुडर डोटी,कार्तीक,३०-

डोटी जिल्लाको जोरायल गाँउपालीकामा रहेको ‘छहरा झर्ना’ पर्यटकको आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। करिब १०० मिटर माथी अग्लो ठाँउबाट झरेको झर्नाको मनोरम दृश्य हेर्न अहिले पर्यटक दैनीकी यहाँ पुग्ने गरेका छन्।

डोटीको बुडर बजारबाट १० किलोमिटर पुर्वमा अवस्थित यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ। झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ। दैनिक २० देखि ३० जनाको समूहमा झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको सोहि ठाँउका स्थानीय बासिन्दा रुद्र एेरले बिहानी अनलाईनलाई जानकारी दिनुभएको छ ।

डोटीको जोरायल गाँउपालीकामा रहेको ‘छहरा झर्ना’ Chhahara waterfall. तस्विर कैद : स्थानीय यूवा रुद्र ऐर

‘छहरा झर्ना’ को विकास गरेर आयआर्जनको स्रोत सङ्कलन गर्न सकिने त्यहाँका स्थानीय बासिन्दाहरुको भनाई छ। उनीहरुको भनाई अनुसार यहाँ पुग्नका लागि पदमार्गको निर्माण भएपछि पर्यटकलाई निकै सहज भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको बताउने गरेको छन् ।

पर्यटकले यहाँ पुगेर वरिपरीबाट घेरिएको वनजंगल र चराचुरुङ्गीको चुँ चुँ आवाज संगै चिसो ठाँउमा कलकल झरिरहेको झरनाको मनोरम दृश्य अवलोकन गर्दै आनन्द लिने गरेका छन्। यती मात्र हैन यस ठाँउले धार्मीक आस्था बोकेकोले पनी यहाँ सयौंको संख्यामा भक्तजनहरु स्नान गर्न आउने गरेका छन्।हरेक वर्ष चैत्र महिनाको अन्तिम दिन राती देखि नयाँ साल बैशाख १ सम्म ठुलो मेला लाग्ने गर्दछ ।मेला लाग्दा मेला हेर्न देशभरका विभिन्न ठाँउबाट भक्तजन र पर्यटकहरुको उल्लेखिय मात्रामा आउने गरेका छन् । भक्तजनहरु माघ महिना र बैशाख महिनामा धेरै जसो आउने गरेको स्थानीयले बताउने गरेका छन् ।

यस्तै अहिले सम्म थुप्रै म्यूजिक भिडीयो र नेपाली कथानाक चलचित्र साँग्लो फिल्मको छायाँङकन भैईसकेकोले अब यस ‘छहरा झर्नाको’ मनोरन दृश्य फिल्ममा पनी हेर्न पाईन्छ । पछिल्लो समय मध्यपश्चिम र सुदुरपश्चिमका विभिन्न ठाँउबाट यहाँ पिकनिक खान आउनेको संख्यामा पनी कुनै कमी भएको छैन्। पिकनीक खान आउनेको संख्यामा दिनदिनै बढ्दै गएपछि स्थानीयको पहलमा अहिले गाँउपालीकाले पिकनीक हलको निमार्ण गरिरहेको स्थानीय बासिन्दा रुद्र ऐरले बताउनुभयो ।

पर्यटक बढेसंगै यसलाई पर्यटन क्षेत्र बनाउनको लागि डिपिआर तयार भैईसकेको स्थानीय बासिन्दा रुद्र ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले गाँउपालीकाले ‘छहरा झर्ना’ सम्म जनाको लागी दुई ठाँउबाट रोडको निर्माण काम भैईरहेको छ । त्यहाँ पुग्नको लागि बुडर हुदै जोरायल जाने सडक अन्तर्गत पत्तडा गाँउबाट ‘छहरा झर्ना’ सम्मको रोड निमार्ण काम भईरहेको छ,भने यता हाईवे रोडको बाटो हुँदै रुपसकाँडा गाँउबाट ‘छहरा झर्ना’ सम्मको नयाँ रोडको निर्माण भैईरहेको छ ।

यसकालागी गाँउपालीकाले पत्तडा गाँउबाट जोड्ने सडकका लागी १० लाख र रुपसकाँडा गाँउबाट जोड्ने सडकका लागी २५ लाख बजेट विनीयोजन गरेको छ । यस्तै गाँउपालीकले त्यहाँ शिव जी को मन्दिर निर्माणका लागी ५ लाख, पानीको ड्याम बाड्नका लागि ३ लाख बजेट छुट्टाईसकेको छ।यससंगै बुडरबाट पत्तडा गाँउ देखि ‘छहरा झर्ना’ हुँदै रुपसकाँडा सम्मको रिङरोड बनाउने तयारी भैईरहेको छ ।

‘छहरा झर्ना’ वरिपरिका वनजंगलले भरिएको प्राकृतिक सोन्दर्य ! तस्विर कैद : स्थानीय यूवा रुद्र ऐर

त्यस ठाँउलाई अझ सुन्दर र पर्यटकलाई प्रकृतीमयको आनन्द प्रदान गर्न र हरियाली वातावरणको मनमोहक थप्न स्थानीय बासिन्दाले त्यस क्षेत्रमा वृक्षारोपन समेत गरिसकेका छन् ।यससंगै यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय बासिन्ताको भनाइ छ।

स्थानीय रुद्र ऐर भन्छन्, “यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो तर अहिले स्थानीय वासिन्दाको पहलमा गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ।”

विगतमा प्रचारप्रसार अभावले यो झर्ना निकै ओझेलमा परेको देखिन्छ। तर, स्थानीय सरकार सञ्चालन भएसँगै यसले प्राथमिकता पाएको छ। गाउँपालिकाले सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिएपछि अहिले अन्तरिक पर्यटकको आगमन बढेको हो।

स्थानीय बासिन्दा रुद्र ऐर भन्छन् “हाम्रो गाउँपालिका पर्यटकीय तवरले निकै राम्रो छ, यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ। यो झर्ना हेर्न आउने पर्यटकका लागि चिया नास्तालगायत खानाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संरचना निर्माणका काम अगाडि बढिसकेको छ।पृथ्विराजमार्गले छोएको कारण पनि यो झर्नामा आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढिरहेको हो।

किन अवलोकन गर्ने ‘छहरा झर्ना’

हाम्रो देश नेपाल पहाडै पहाडको देश भएकोले देशका सबैजसो भागमा साना वा ठूला, होचा या अग्ला झर्ना थुप्रै मात्रामा देख्न पाइन्छ ।झर्नाहरु पहाडका सौन्दर्य प्रसाधनका वस्तु हुन्, पहाडका गहना हुन् । ती मध्यको एक झर्ना हो डोटी जिल्लाको जोरायल गाँउपालीकामा रहेको ‘छहरा झर्ना’ यहाँ शरद ऋतुमा झर्ना हेर्न सबैभन्दा रमाइलो हुन्छ । झर्ना आँखालाई हेर्न रमाइलो मात्र होइन यसले मनको भावनालाई पनि स्फुरण गराइ दिन्छ । झर्ना वरिपरि मानिसको हल्लाखल्लाको आवाजको सट्टा चराहरुको कलरब ध्वनी हुने गर्दछ ।

त्यसले मानिसलाई मनमुग्ध पार्दछ । झर्नाले जो सुकै साधारण व्यक्तिलाई पनि कवित्व भावमा परिणत गराई दिन्छ । साधाण मानिस कवि हुन्छ र कवितहरु महाकवि हुन पुग्दछन् । त्यहाँ पुगेर सबै मनमुग्ध हुन्छन्, फर्कनै मन गर्दैनन् ।यीनै प्रकृतीको सौन्दर्यताले भरिपुर्ण भएको झर्ना हो, ‘छहरा झर्ना’ ! प्रकृतीमा रमाउन चाहाने जो कोहि यहाँ पुग्नेको मन घर फर्कनै मान्दैन् ,यसले गर्दा यहाँ पर्यटकको संख्यामा वृद्धी हुँदै गएको छ ।