एक युवतीले अाफ्नो जन्मदिन : जीवन बीमा गरेर मनाईन्

नेपालगन्ज,असोज,१०-

अाफ्नो जन्मदिन मनाउदा मानिसहरुले होटलमा गएर खानपिन नाचगान गरेर मनाउने परम्परा अहिलेको होइन तर बाँकेमा शुक्रबार एक युवतीले अाफनो जन्मदिनमा रु २५ लाखको जीवन बीमा गरेर मनाएकी छिन् ।

समाजवादी पार्टी नेपालकि केन्द्रीय सदस्य , माता बागेश्वरी बचत तथा ऋण सहकारी लिमिटेड कि संस्थापक सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी अम्बिका काफ्लेले अाज अाफनो जन्मदिनमा नेपालगन्जको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा उक्त बीमा गरेकी थिईन ।

फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा बीमा गरेर सुरक्षित गर्नुका साथै भवितव्यता लाई पनि बीमाले समेट्ने हुदा उक्त बीमा गरेको काफ्लेले बताईन ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्जका शाखा प्रवन्धक कमल शाहीले उहाँ कार्यालयमा अाएर मेरो जन्मदिन विशेष गराउन मेरो जीवन बीमा गराउनु पर्यो भनेर अाएर बीमा गरेको प्रवन्धक शाहीले बताउनुभयो ।