रोल्पाको चर्चित थवाङ-५ मा माओवादी केन्द्र विजयी

रोल्पा,असार,१५-

थबाङ-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।साविकको उवा गाविस रहेको यस वडामा माओवादी केन्ऽका गोबर्द्धन घर्ती पूरै प्यानलसहित अध्यक्षमा विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्दी कांग्रेसका रमेश रोकालाई १ सय २६ को फराकिलो अन्तरले पराजित गर्दै घर्ती विजयी भएका हुन् । उनले २८७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्रबाट उम्मेदवारी दिएका विप्लव नेतृत्वको नेकपाका दुगमन रोकाले १०६ मत पाए ।त्यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्ऽको अग्रता कायमै रहेको छ ।अध्यक्षमा वीरबहादुर घर्तीले २८५ र उपाध्यक्ष रामकिरणी रोकाले २८३ मत प्राप्त गरेकी छन् ।

कांग्रेस-एमाले र स्वतन्त्रका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विप्लप नेतृत्वका नेकपाका कार्यकर्ता अमित घर्तीको १३३ मत छ ।गठबन्धनको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएका श्रीकुमारी बुढाको २१० मत ल्याएको त्यहाँबाट पत्रकार मौसम रोकाले जानकारी दिनुभयो ।