बझाङको मस्टा गाउँपालिका बाट एमालेको बिजयी शुरुवात

काठमाडौं,असार, १५-

एमालेले दोस्रो चरणको स्थानीय चुनावको बिजयी शुरुवात बझाङबाट गरेको छ ।बझाङको मस्टा गाउँपालिकामा एमाले र काँडा गाउँपालिकामा कांग्रेसले अध्यक्ष उपाध्यक्ष जितेर आ आफ्नो बिजयको खोलेका हुन् ।

बझाङको मस्टा गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहावदुर कठायत ७५४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा बिजयी भएकी छन् ।

गाउँपालिकाका सबै वडामा एमालेले जितेको छ ।यसअघि काँडा गाउँपालिकामा कांग्रेसका राजेन्द्र बोहोरा २ मतको अन्तरमा बिजयी भएका थिए ।