गायीका मगरको “आलु मीठो ताराखोलाको” बजारमा चर्चा

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,१८-
लोक तथा दोहोरी गायीका खिमा रोका मगरको पञ्चेबाजा गीत “आलु मीठो ताराखोलाको” बजारमा चर्चामा आएको छ । बाग्लुङ्गको ताराखोला गाउँपालिका २ अर्गल सिलेमा जन्मीएकी गायीका मगरले मंसिर लाग्न साथमा बजारमा ल्याएकी उक्त गीत बजारमा चर्चामा रहेको हो ।

ए बि सि टेलिभिजनको इन्द्रेणी कार्यक्रमको सह संचालिका समेत रहेकी खिमाले आफू जन्मेर हुर्केको ठाँउको पहिचान गराउने उदेश्यले यो गित बजारमा ल्याएकी हुन । सानै देखि गित संगीतमा रुचि राख्ने गायीका मगर इन्द्रेणी कार्यक्रममा सहभागी भएदेखी गित संगीतमा लाग्ने प्रेरणा मिलेको बताउछिन् ।

( भिडीयो पनी हेर्नुहोस् )

चर्चित सर्जक वसन्त थापाको लय शब्द रहेको यस पञ्चेबाजा गीतमा थापा र मगरको स्वर रहेको छ । म्युजिक भिडियोमा मोडल प्रकाश भट्ट, करिश्मा ढकाल, दुर्गेश थापा र टिनाको उत्कृष्ट अभिनय रहेको छ ।

निर्देशक भट्टको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन करन चैसिरको रहेको छ भने बिष्णु शर्माले भिडियोको सम्पादन गरेका छन् । बाग्लुगंको अर्गल र हरिचौरमा छायांकन गरिएको यस म्युजिक भिडियो तथा अडियोलाई अभ्यास डिजिटल प्रा.लीले बजार व्यबस्थापन गरेको छ ।