नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

फाईल तस्विरमा : नव निर्वाचीत राष्ट्रपति रामचन्द्न पौडेल !!

काठमाडौं,फाल्गुन,२५-राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।२०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्वर्धा गरेर पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा भने पहिलो पटकमा नै सफलता प्राप्त भएको छ ।

बिहिबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा पौडेल विजयी हुनुभएको हो।नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ मत भार ल्याएर विजयी हुनुभएको हो ।

पौडेलका प्रतिस्पर्धी नेकपा एमालेका सुवावचन्द्र नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो।पौडेल र नेम्वाङबीचको मतभारको अन्तर १८ हजार २८४ रहेको छ।२०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्नु भएका पौडेल राष्ट्रपतिमा भने एकै पटकको प्रयासमा सफल हुनुभयो ।

२०६४ मा संविधान सभामा तनहुँ क्षेत्र नम्बर २ बाट विजयी भएपछि पौडेल २०६५ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो।२०६७ साउनमा प्रधानमन्त्री चयनका लागि प्रतिस्पर्धा भएको थियो।
 
कांग्रेसबाट प्रधानमन्त्रीमा पौडेल, नेकपा माओवादीबाट हालका प्रधानमन्त्री रहनु भएका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिनु भएको थियो ।
 
तीनै जनाबीच ७ पटकसम्म प्रतिस्पर्धा भएपछि दाहाल प्रधानमन्त्रीको रेसबाट बाहिरिनु भयो । तीनै जनाले संवैधानिक प्रावधान अनुसार आवश्यक मत ल्याउन सकेनन् ।

दाहाल बाहिरिएपछि पौडेल र खनालबीच १७ पटकसम्म प्रतिस्पर्धा भएको थियो । त्यसपछि खनालले प्रधानमन्त्री हात पार्नुभयो । पौडेललाई भने सून्य हात लाग्यो ।

तर राष्ट्रपतिमा भने पौडेललाई एकै पटकको प्रतिस्पर्धामा सफलता हात लागेको छ । पौडेललाई अब सबैको साझा भएर भूमिका निर्वाह गर्ने जिम्मेवारी आइलागेको छ ।