आरआर क्याम्पसमा चैत १५ गते स्ववियु चुनाव हुने

काठमाडौं, चैत १२- रत्न राज्यलक्ष्मी क्याम्पस आरआरमा आउँदो मंगलबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार चैत १५ गते चुनावका लागि मिति तोकिएको क्याम्पस/प्रशासनले जनाएको छ ।

गएको फागुन २३ गते हुने भनिएको चुनाव विवादका कारण हुन नसकेपछि आउँदो मंगलबारका लागि तय गरिएको हो ।सर्वोच्चले चुनाव गर्न आदेश दिएपछि मंगलबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुने क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसले पूर्व प्रकाशित अन्तिम नामावलीमा समावेश विद्यार्थीलाई मतदानमा सहभागी हुन भनेको छ ।उज्यालो अनलाईनबाट