सप्तरी घटनामा मृतकका परिवारलाई १०र१० लाख दिने सरकारको निर्णय

काठमाडौं, फागुन २५ – सरकारले सप्तरी घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।समितिमा को–को रहने भन्ने चाहीँ खुलाइएको छैन । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको छ ।

यस्तै सप्तरी घटनामा मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले नै व्यहोर्ने निर्णयसमेत गरिएको छ ।नवगठित स्थानीय तहहरुको कार्यालय स्थापनाका लागि प्रत्येक कार्यालय एकरएक करोड रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ ।