बाँकेका शिक्षण सिकाई कमजोर

बाँके,फागुन २६-
प्रावि तहमा शिक्षण सिकाई कमजोर भएपछि बाँकेमा संचालन गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई आज हुने भएको छ । बाँकेमा प्रावि तहमा शिक्षण सिकाई ६१ प्रतीशत रहेको जिल्ला शिक्षा अधिकारी भिम साँउदले जानकारी दिनुभएको छ । उहाँले प्रावि तहमा शिक्षण सिकाई कमजोर भएकोले निमावि र मावि तहमा सिकाई उपलब्धी झनै कमजोर भएको बताउनुभयो ।

निमावि तहमा ५९ र मावि तहमा घटेर ४४ प्रतिशतमात्र रहेको साँउदले बताउनुभयो । जग बलियो नभएका कारण निमावि र मावि तहमा शिक्षण सिकाई कमजोर भएको हाम्रे ठम्याई छ,उहाँले भन्नुभयो बाँकेमा सिकाई विषयतगत सिकाई उपलब्धिका साथै निमाविको तुलनामा प्रावि र मावि तहमा विषयगत शिक्षण सिकाई नाजुक रहेको छ ।

प्रावि तहमा ६१ निमाविमा ६२ र मावि तहमा ४७ प्रतिशतमात्र नेपाली विषयको शिक्षण सिकाई उपलब्धी भएको जिल्ल शिक्षा अधिकारी साउदले बताउनुभयो । अंग्रेजी विषयतर्फ प्राविमा ५८ निमाविमा ५९ र माविमा ५१ प्रतीशत सिकाई उपलब्धी रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।