भाइराजा क्रिकेटःरोयल स्पोर्टस् फाइनलमा :आज नेपाल टाइगर क्लब र युनाइटेड खेल्दै

बाँके,फागुन २६-
रोयल स्पोर्टस् क्लब नेपालगन्जमा जारी स्व। रणेन्द्रबहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जगुवार स्पोर्टस् क्लबलाई ४० रनले पराजित गर्दै रोयल स्पोर्टस् फाइनलमा पुगेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।जवाफमा १६२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको जगुवारले १६.३ ओभरमा सबै विकेट गुमाएर १२१ रनमात्र बनाउन सक्यो ।

आज नेपाल टाइगर क्लब र युनाइटेड भिजनबीच हुने सेमिफाइनल खेलको विजेतासँग शनिबार रोयल स्पोर्टस् क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।