इपीएल क्रिकेटको तयारी पूरा

विदेशी खेलाडीहरु नेपाल आउने क्रम सुरु

काठमाडौं,मंसिर,२०-

एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण काठमाडौंमा शनिवार सुरु हुँदैछ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिवार हुने उद्घाटन खेलमा ललितपूर प्याट्रिएट्सले विराटनगर वारियर्ससँग खेल्नेछ ।

यसपटक पनि प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।यी ६ टोलीहरु काठमाडौं किङ्ग्स, ललितपूर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राईनोज, चितवन टाईगर्स र विराटनगर वारियर्स हुन् ।ईपिएल क्रिकेटमा सहभागि हरेक टोलीमा तिन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

यसपटक ईपिएलकै लागि आयरल्याण्डका केभिन ओब्रायन, युएईका रोहन मुस्तफा, हङकङका बाबर हयात र अंशुमान राथ, भारतका गौरब तमोर र सन्नी पटेल, नेदरल्याण्ड्सका रायन टेन डोच्टे, स्कटल्याण्डका केली कोट्जर, दक्षिण अफ्रिकाका रिचार्ड लेभी लगायतका खेलाडी काठमाडौं आउँदैछन् ।

टेस्ट तथा एक दिवसिय क्रिकेटमा समेत बर्चश्व बनाईसकेका खेलाडीहरुको आगमनले इपिएल क्रिकेटलाई बेग्लै उचाईमा पुर्‍याउने खेलाडीहरुको विश्वास रहेको छ । ईमेजखबरबाट