बिहानी एफसीका पूर्व कप्तान खेमराज बोहरा संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,बैशाख,२५-

Bihani FC Ex- Captain Khem Raj Bohara

पेशाले सरकारी जागिर थियो । जिविको पार्जन गर्न जसो तसो सबै कुरा पुगि नै रहेको थियो । त्यो पनी नेपालमा देश र जनताको सेवामा समर्पित भएर काम गर्नु जतिको बेग्लै मजा सायद अब कतै गएर पनि भेटिदैन् होला । हुनत : मान्छेलाई जती नै भएपनी पुग्दैन, त्यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । हरेक मान्छे आफ्नो जिन्दगीमा चरम खुशीका निम्ती अनेकौं ठाँउ भौतारिदै बढी भन्दा बढी लाभान्वित हुन चाहान्छ ।

यो सारा संसारभरी मान्छेको रित नै हो जस्तो लाग्छ । त्यसैले आफ्ना उद्देश्य र भावि सपना तय गर्न संसारभरीका मान्छे आफ्नो देश छोडेर कोहि यताको उता जान्छन्,त कोहि उताको यता आउछन् । तर हामी नेपालीहरु विश्वका जतीनै विकसित देशमा आफ्ना सपनालाई साकार पार्न जहाँ गएतापनी हाम्रो देश नेपाल त्यहि हो । हाम्रो देश नेपाल जहाँ छ,त्यहि छ । आफ्नो देश र जन्मभुमीको माया सबैलाई लागि रहन्छ । गरिनै रहेका हुन्छौं । 

पछिल्लो समय हाम्रो देश नेपालको कुराकानी गर्ने हो भने यूवाहरु दैनीक हजारौंको संख्यामा विदेश पलायन भैईरहेका छन् । यस्तै नेपालबाट जापान आउनेको संख्यामा पनी कुनै कमी छैन् । हाल सम्म नेपालबाट विद्यार्थी भिषा र अन्य भिषामा आउने नेपालीहरुको संख्या गरि ८० हजार भन्दा बढी पुगिसकेको छ । 

यसै सन्दर्भमा आज हामीले आफ्नो हजारौं सपना बोकि केहि वर्ष अगाडी जापान आउनु भएका र हाम्रो यस बिहानी अनलाईन डटकमद्धारा संचालित बिहानी एफसिका पूर्व कप्तान संग हामीले उनको पछिल्लो जिवनशैली कसरी बितीरहेको छ । उनको जिवनशैलीमा केन्द्रित रहेर केहि कुराकानी गरेका छौं । उहाँसंग गरिएको कुराकानी जस्ताको त्यस्तै !!

Bihani Fc Ex- Captain Khem Raj Bohara

१. यहाँलाई बिहानी अनलाईन डटकममा हार्दिक स्वागत छ ?
-धन्यवाद !!
२. आराम हुनुहुन्छ ?
– हजुर आरामै छु ।
३. शुरुमा यहाँको परिचय तर्फ लागौं आफूलाई परिचय मार्फत कसरी चिनाउन चाहानुहुन्छ ?

– नमस्कार !! म खेम राज बोहरा, घर लम्कि कैलाली थपलीयापुर ।

४. आज हामी तपाईको जिवनशैलीसंग केन्द्रित रहेर कुराकानी गर्छौं । यहाँको बाल्यकाल कहाँ र कसरी बित्यो ?

– कैलाली जिल्लामै जन्म भयो, र मेरो बाल्यकालपनी सामान्य तरिकाले नै आफ्नै जन्मभुमी लम्कि थपलीयापुरमा बित्यो ।

५. उच्च शिक्षा यहाँले कुन ठाँउबाट हासिल गर्नुभयो ?

– राष्ट्रिय उच्च माध्यमिक विद्यालय लम्कि बाट नै मैले आफ्नो उच्च शिक्षा हासिल गरेको हुँ !
६. पढाई संगै यहाँको रुची के थियो ? 

-फुटबल खेल्ने ।

७. यहाँले आफ्नो रुची फुटबल खेल्ने थियो,भनिरहँदा अहिले सम्म कुनकुन क्लवबाट कस्ता कस्ता खालका फुटबल गोल्डकपमा सहभागिता जनाउनु भएको छ ? 

– मैले आफ्नो फुटबलको करिअर चाँहि पंचकोशी युवा क्लबबाट गरेको हुँ ! बिचमा अरू क्लब बाट नि खेले Fare west United Fc बाट खेल्दा खेल्दै नेपाल प्रहरीको जागिर खाइयो !
८. जस्तो यहाँले नेपाल प्रहरीमा जागिर खादा खादै एकाएक फुटबल खेल्न कसरी छोड्नु भयो खेमराज जी ?

– विशेष गरि जागिर संग संगै फुटबल खेल्नुपर्ने, उदेश्य पुलीस क्लवमा सहभागिता हुनु थियो । विभिन्न कारणले हुन सकेन त्यसैले केहि समय फुटबल छोड्नु परेको हो ।

९. फुटबलमा नेपाल पुलीसको आफ्नै विभागिय टिम थियो, किन टिममा समेटिन सकिएन जस्तो लाग्छ ?

– हुनत : केही महिना तालीम पनि लिए बिचमा जागिर सरूवा भएकोले निरन्तर दिन गाह्रो भयो, जसको फलस्वरुप विभागिय टिमको छनोटमा पर्न सकिएन ।
१०. के का लागि जनताको सेवा गर्दा गर्दै बर्दी फुकालेर विदेश पलायन हुनुभयो ?

-५ बर्ष सम्म देशको सेवा गरियो सबैको जस्तो जीवन लाई केही सहज बनाम भनेर विदेश आउने निर्णय गरे !
११. कती वर्ष भयो जापान आउनु भएको ?

-३ बर्ष हुन लाग्यो !
१२. अहिले जापान मै हुनुहुन्छ,के सोचेर जापान आउनुभयो, जापान आउने प्रेरणा यहाँलाई कसले दियो  ?

– हजुर यतै छु साथीहरू पनी यतै भएकाले अघि भने जस्तै जीवन लाई केही सहज बनाम भनेर नै जापान आएको हुँ !
१३. अहिले जापानमा के गर्दै हुनुहुन्छ ? 

-पढिरहेको छु ।
१४. अहिले जापानमा पढिरहेको यो शिक्षा कति हद सम्म नेपालमा सदुपयोग गर्न सकिन्छ, जस्तो लाग्छ ?

– अहिले म पढ्न लाको भनेको अटोमोबाईल ईन्जिनियरिङ (Automobile  engineering) हो पछी गएर आफैले नेपलमा सर्भिस सेन्टर खोल्न सकीन्छ । जुन कामले नेपालमा सिपमूलक रोजगारी दिलाउन सकिन्छ, जस्तो लाग्छ ।
१५. पढाई भ्याएपछि खेम जी को भावि योजना के छ ?

– केही बर्ष यतै जापान मै बसेर काम गर्ने सोचेको छु, त्यसपछि नेपाल फर्केर व्यवसाय गर्ने सोचमा छु ।
१६. यो त तपाईको योजना र लक्ष्य सफल होस् , हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ । तपाई एउटा खेलाडी भएको नाताले म फेरी यहाँको खेल जिवनमा फर्केर कुराकानी गर्न चाहान्छु, जापान आए पछि पनी फुटबल खेल्दै हुनुहुन्छ ? 

– हजुर खेलिरहेको छु । 
१७. जापानमा कुन क्लवमा रहेर फुटबल खेल्नुहुन्छ ?

– बिहानी एफसी बाट फुटबल खेल्छु ।

१८. अहिले सम्म जापान आएपछि कति वटा टुर्नामेण्टमा सहभागिता जनाउनुभयो ?

– ४ वटा जती टुर्नामेण्टमा सहभागी हुने अबसर पाईयो ।
१९. जापानमा रहँदा यहाँको फुटबल क्षेत्रमा कस्तो प्रर्दशन रहेको थियो ?

-१ बर्ष सम्म बिहानी फुटबल क्लवमा रहेर टिम कप्तानको जिम्मेवारी पाएको थिए ।  राम्रै भयो भन्न रूचाउछु । 
२०. यो त भयो खेम जी यहाँको फुटबलको क्षेत्रमा गर्नु भएको कृयाकलाप ! अब भने म अलकती नेपाली फुटबलको क्षेत्रमा फर्केर कुराकानी गर्छु, किन नेपाल फुटबलको क्षेत्रमा अगाडी बढ्न सकिरहेको छैन्, यहाँलाई के लाग्छ ?

-नेपाली फुटबलको क्षेत्रमा सायद कही न कतै राजनीतिक असर नै परेर हुन सक्छ, अगाडी बढ्न नसकेको किनकि राम्रालाई भन्दा हाम्रालाई प्राथामीकता दिईन्छ, तर अहिले पछिल्लो समय जेहोस राम्रै हुँदै गईरहेको पाएको छु ।
२१. नेपाली फुटबलको विकाश गर्न के कुरामा सरकार र सम्बन्धीत निकायले ध्यान पुर्याएर काम गर्दिएको भए विकास हुने थियो, जस्तो लाग्छ तपाईलाई ?

– पहिलो कुरा त  होम लिगेज खेल (home league game) हुन आबश्यक छ , खेलाडीहरूको लागी उचित अभ्यास (Tranining) र सेवा सुबिधामा विषेश ध्यान दिन जरुरी छ । गुणस्तरिय खेल मैदान बनाउन अपरिहार्य छ । 
२२. हुन्छ, हामी खेलकुद सम्बन्धी फेरी फेरी पनी कुराकानी गर्दै गरौंला । अब भने खेम जी म अझ यहाँको अन्तरमनको कुरा जान्न चाहान्छु, तपाईलाई कस्तो खालको रङ मन पर्छ ?

– सेतो
२३. कस्तो खालको खानाको शोखिन हुनुहुन्छ ?

– साधारण दाल भात तरकारी नै बढि रुचाउछु ।
 २४. कसले बनाएको खाना बढी मन पर्छ ? 

– खाना त ऑमाको हातले बनाएको एकदम मिठो लाग्छ ।
२५. सानोमा कत्तीको चकचक गर्नु हुन्थ्यो । कुनै पल याद छ ? 

– अली बढी नै चकचके थिए रे तर त्यस्तो पल भने याद भएन !
२६. तपाईलाई घरमा मायाले बोलाउने नाम के थियो ? 

– कान्छो छोरा भएकाले कान्छु नै भन्नुहुन्छ ।
२७. आजसम्म कुनै पनी कुरा गल्ती गरेको पल याद छ ?

– चकचके भएनि गल्ती नै गरेको पल चाही छैन भनुम !
२८. तपाई अहिले विवाहित कि अविवाहित ?  
– अवावाहित नै छु ।
२९. किन अविवाहित अहिले सम्म ? 
– विवाह नगरेकोले । हाहाहा !

३०. हा हा हा कस्तो स्वभावको केटी मन पर्छ ?

– परिवार र ठुलाको आदर गर्ने केटी एकदम मन पर्छ ।
३१. हा हा हा हा अहिले सम्म केटी जिस्याउनु भएको छ कि नाई ?

– त्यस्तो अवसर नै नमिलेकाले अझै जिस्याउन बाकी नै छ । हाहाहा
३२. अब हामी खेम जी को कहिले सम्म जन्ती जान पाउँछौं ?

– सायद अबको २ बर्ष !
३३. प्रेम विवाह गर्नु हुन्छ, कि मागि विवाह ?

– यसबाट महानायक राजेश हमाल ज्यू त बच्न सक्नुभएन जस्तो गरेनी विवाह चॉही पक्का गर्छु हाहाहा !
३४. हा हा हा निकै रमाईलो कुराकानी भयो खेम जी यहाँको मनोआकांक्षा पुराहोस् , शुभकामना छ ?

– धन्यवाद
३५. अब अन्तीम प्रश्न खेम जी यहाँसंग कुराकानी गर्ने मन त धेरै नै थियो, तर समय संगै चल्नु पर्छ । यहाँलाई आजको अन्तर्वार्तामा मैले प्रश्न गर्न छुटाएका र यहाँले भन्नै पर्ने कुनै कुरा केहि छन् ? 

– यो मेरो जिवनको पहिलो अन्तर्वार्ता भएकोले मलाई मौका दिनुभएकोमा हृदय देखी नै धन्यवादका साथै आगामी दिनहरूमा नि बिहानी एफसी ले धेरै प्रगती गरोस भनेर शुभकामना दिन चाहन्छु । सके सम्म म जती ताढा रहेता पनी क्लवमा भने आवद्ध रहिरहन्छु ।
३६. हुन्छ खेम जी जापानको यती व्यस्त समयमा पनी आफ्नो व्यस्तताको समयलाई व्यवस्थापन गर्दै हामीलाई कुराकानी गर्ने समय दिनुभयो, त्यसको लागी यहाँलाई धेरै धेरै धन्यवाद ?

– यहाँको चर्चित बिहानी अनलाईन डटकममा मलाई कुरा गर्ने अवसर दिनुभयो, म एकदमै यहाँहरु प्रती आभारी छु । फेरी पनी बिहानी अनलाईन डटकम र तपाईलाई अन्तरहृदय देखि नै धन्यवाद दिन चाहान्छु । 

 हस धन्यवाद !!