शनिबार उडानको आयोजनामा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ हुँदै

नेपालगन्ज,बैशाख,२६-


शनिबार नेपालगन्जमा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ सेमिनार हुने भएको छ।

सामाजिक कार्य गर्नका निमित्त स्थापित संस्था`उडान नेपाल´ ले नेपालगन्ज कलेजको सहकार्यमा शनिबार नेपालगन्जको ग्यालेक्सी होटेलमा उक्त कार्यक्रम सम्पन्न हुने उडान नेपालका अध्यक्ष जनक थापाले जानकारी दिए।

प्लस टु पछि टेक्नोलोजी क्षेत्रतिर जान चाहने बिद्यार्थी लाई लक्षित गरेर टेक्नोलोजी सम्बन्धी जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष थापाले बताए।

अध्यक्ष थापाका अनुसार कार्यक्रम शनिबार ग्यालेक्सी होटेलमा दिउँसो ३ बजे पछि सन्चालन हुनेछ। साथै जो कोहि बिद्यार्थी उक्त कार्यक्रममा सहभागी हुनसक्ने छन। सहभागी बिद्यार्थीको लागि निशुल्क टिकट, खाजा नास्ताको पनि व्यवस्था रहने छ।