हिसान बाँके-बर्दियाको नयाँ कार्यसमिति गठन : अध्यक्षमा डा. अवनिन्द्र

नेपालगन्ज,बैशाख,२८-


निजि बिद्यालयको संगठन हिसान बाँके-बर्दियाको चौँथो जिल्ला अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न भएको छ।

अधिवेशनमा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल, केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय उपाध्यक्ष ईश्वर पोखेरेल लगायत अन्य हिसान बाँके-बर्दियाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

अधिवेशनबाट समितिले नयाँ कार्यसमिति चयन गरेको छ। जस अन्तर्गत अध्यक्षमा डा.अवनिन्द्र दत्त मिश्र,उपाध्यक्षमा यम बहादुर रावल, सचिवमा नारायण दत्त उपाध्याय ,सह-सचीवमा दिनेश सिग्देल चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा पवन गौतम, दुर्गा थापामगर,अर्जुनलाल नेवार,संजिव पंगेनी ,शशि स्वांर र गोविन्द सुवेदी चयन हुनुभएको छ।

उक्त अधिवेशनमा बोल्दै केन्द्रीय अध्यक्ष सिलवालले भन्नु भयो,”नयाँ बनेको कार्यसमितिले शिक्षाको क्षेत्रलाई फराकिलो बनाउने काम गरोस, पद्को मात्र कार्यसमिति नहोस।”
मर्यादित एवम मिलेर निरन्तर काम गर्न सकेको खण्डमा हिसानले पढाईको गुणस्तरमा धेरै सुधार ल्याउन सक्छौँ उहाँले बताउनु भयो।

उक्त अधिवेशनमा हिसानकप खेलकुद प्रतियोगितामा बिजयी बिद्यालयका बिद्यार्थीहरुलाई केन्द्रिय अध्यक्ष सिलवाल र केन्द्रिय उपाध्यक्ष शर्माद्वारा मेडल र प्रमाणपत्र वितरण समेत गरिएको थियो।

खेलकुद अन्तर्गत हिसानले भलिबल ,फुटबल र ब्याडमिन्टन प्रतियोगिता गराएको थियो।