साहित्यकार अश्फाकको जन्मदिनमा बृद्धबृद्धालाई खाजानास्ता बितरण

डम्मर थापा “आश्रित”
बाँके,फागुन ५-साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिन आज मनाईएको छ । जन्मदिनको अवसरमा निलसागर बृद्दाआश्रम नेपालगंजमा खाजानास्ता बितरण तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम गरिएको हो । निलसागर बृद्दाआश्रममा रहेका बृद्धबृद्धालाई साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिनको अवसरमा खाजा नास्ता बितरण गरिएको छ ।

सहयात्रा समुह को आयोजनामा गरिएको कार्यक्रममा निल सागर बृद्दाआश्रमका अध्यक्ष सरिता खनालले यस क्षेत्रकै नमुना बृद्दाआश्रम बनाउने आफ्नो सपना रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो एक जनाको प्रयासले मात्रै यसलाई नमुना बनाउन नसकिने भएकाले सम्पूर्ण क्षेत्रबाट सहयोगको खाँचो रहेको बताउनुभयो ।

 साहित्यकार अश्फाकको जन्मदिनमा बृद्धबृद्धालाई खाजानास्ता बितरण बृद्दाआश्रममा बाबुआमालाई छोडेर कुनै पनि सन्तान खुशी हुन नसक्ने भन्दै एकदिन तिनीहरु निकै पछुताउने र यस्तो प्रथाको अन्त्य का लागी आफुले सधैं कामना पनि गरिरहेको र बुढा बाबु आमाको स्याहार सुसाहार गर्न पाउदा आफु निकै गौरव वान्वीत भएको पनि उहाँले बताउनुभएको छ ।कार्यक्रममा विभिन्न व्यक्रीहरुले रचना बाचन गरेर सुनाएका थिए ।

रचना वाचन गर्नेहरुमा कृष्ण गडतौला,रेश्मा महतरा,महेन्द्र रोका,रमन ढुङ्गाना,कमल बडुवाल लगायतले रचना वाचन गरेका थिए । निशु जोशीको सभापतीत्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी हरिप्रसाद तिमिल्सैना रहनु भएको थियो भने अतिथीहरुमा निल सागर बृद्दाआश्रमका अध्यक्ष सरिता खनाल, भुपेन्द्र प्रकाश शर्मा, कृष्ण मधुवन, पुर्णलाल चुके रहनु भएको थियो । कार्यक्रमको सञ्चालन भने बि.पी अस्तु ले गर्नु भएको थियो ।