नेपाल तरुण दल बाँकेका मनोनित पदाधिकारीद्धारा पदभार ग्रहण

मधुपौडेल
बाँके,फागुन ५-नेपाली कागे्रस निकट नेपाल तरुण दल बाँकेका मनोनित पदाधिकारी तथा कार्यसमिति संदस्यहरुले पदभार ग्रहण  गरेका छन् ।तरुण दल बाँकेको बैठकले अघिल्लो साता सहसचिवमा विमल चन्द सहित सदस्यमा तारमणी अधिकारी ,अनिल लखेर , हनुमान नाउ, देवबहादुर खाँड, धुव आर्चाय , प्रदिप शाह, शंकर बुढाथोकी , ,जगतजंग थापा, बेलबहादुर बुढाथोकी, हेमन्त शाक्य, जितबहादुर चौधरी , मनमोहन बर्मा , कमानसिंह सुनार , सपना भण्डारी ,पुष्पा सुनार, मुनिर बेहना लगायत   १९ जनालाई मोनिति गरेको थियो ।

काँगे्रस पार्टी कार्यलय बाकेमा पदभार ग्रहण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरको प्रमुख आतिथी रहेनु भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि कागे्रस बाकेका सभापति किरण कोइराला , अतिथि नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही लगाएतको बोल्नु भएको नेपाली कागे्रसका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठाकुरीले जनाकारी दिनु भएको छ ।

तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण तरुण दल बाँकेका सचिव प्रमोद धितालले गर्नु भएको थियो भने स्वागत मन्तव्यमा बाँके उपाध्यक्ष मनिषराज रेग्मीले बोल्नु भएको थियो ।