नेपाल चिकित्सक संघ बाँकेले सप्ताहव्यापी कार्यक्रम गर्ने

नेपालगन्ज ,फाल्गुन,८-

नेपाल चिकित्सक संघ बाँकेले चिकित्सक दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।प्रत्येक वर्ष जस्तै यश वर्षको चिकित्सक दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष डा(बिनोद कुमार कर्णले बताए ।

यहीँ फागुन १४ गते देखि फागुन २० गते सम्म कार्यक्रम गरिने उनले बताए । जस अन्तर्गत फागुन १४ गते प्रादेशिक अस्पताल भेरीमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण तथा नेपालगन्जमा रहेको निलसागर बृद्दाश्रममा रहेका बुबा आमाहरुलाई पनि फलफुल वितरण गरिने चिकित्सक संघका सचिव डा.पियुष कान‍ोडियाले बताए ।

त्यसैगरी पुरुष तथा महिला एकल टेवल टेनिस प्रतियोगिता , वृहत् रक्तदान कार्यक्रम , प्रभातफेरी कार्यक्रम , सिनियर चिकित्सकलाई सम्मान , पुरस्कार वितरण तथा अन्तिम दिन रात्रीकालिन भोजको पनि व्यवस्था गरिएको अध्यक्ष डा. कर्णले बताए ।

उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि भेरी शाखा नेपालगन्जका सम्पूर्ण चिकित्सकहरुलाई अनुरोध गरिएको सूचना सचिव डा.पियुष कान‍ोडियाले हस्ताक्षर गरी सूचना जारी गरेका छन् ।