कोरोना संकटको अवस्थामा वस्तुको कृतिम अभाव, कालाबजारी नियन्त्रणमा ध्यानदिन आग्रह (विज्ञप्तीसहित)

काठमाडौं,चैत्र,७-कोरोना भाइरसको सक्रमणको प्रमावले नागरिकमा परेको त्राशपूर्ण अवस्थामा उपभोग्य वस्तुको बिक्रि वितरण तथा गुणस्तरमा कृतिम समस्या खडागरी कालाबजारी हुनसक्नेतर्फ सरकारलाई सचेत गराउँदै पेसागत महासङ्घ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

हिजो एक विज्ञप्ती जारी गर्दै पेसागत महासङ्घ नेपालका महासचिव विष्णु लामिछानेले महासंघको धारणा बाहिर ल्याएका हुन ।

मुलुक संकटपूर्ण अवस्थामा रहेको बेला कालोवजारी गर्ने, वस्तुको कृतिम अभाव खडा गरी नागरिकलाई ठग्ने तत्वहरु सक्रिय हुनसक्ने भन्दै महासंघले त्यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गरेको हो ।

विज्ञप्तीमा भनिएको छ–‘देश र जनता शंकटमा परेको मौका छोपी सोवाट फाईदा उठाउँदै अनुचित मुनाफा आर्जन गर्ने गलत तत्वले आफ्नो स्वार्थ पूर्तिगर्न सक्ने अवस्था समेतलाई दृष्टिगत गरी नियमित तथा प्रभावकारी अनुगमनका लागि पेसागत महासङ्घ नेपाल सरकारसँग अनुरोध गर्दछ ।’

त्यसका साथै महासंघले कोरोनाभाइरस फैलिएका देशहरुमा कामगर्ने नेपाली श्रमिकहरुको स्वास्थ्यको बिषयमा कुटनीतिक माध्यमबाट पहलगरी उपयुक्त कदम चाल्नका लागि समेत नेपाल सरकारसँग अनुरोध गरेको छ ।

विज्ञप्तीमा मातहतका ट्रेडयुनियन संङ्घ संगठनहरुलाई परिस्थितिमा सुधार नआउँदासम्म राष्ट्रिय स्तरका ठूल्ठूला सभा, सम्मेलन, भेला, जुलुस नगर्न, अनावश्यक घर बाहिर ननिस्कन, भिडभाडमा नजान तथा कार्यक्षेत्रमा जनचेतना जगाउने काममा सक्रिय रहन समेत अनुरोध गरिएको छ । बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ….

पेसागत महासङ्घ नेपाल
   विषयः प्रेस विज्ञप्ती

चीनको हुवेइ सहरबाट शुरु भएको नोबेल कोरोनाभाइरस (COVID-19) विश्वका विभिन्न देशहरुमा फैलिने क्रममा छ । विश्वमा हालसम्म उक्त भाइरसबाट २ लाख ७ हजार भन्दा वढी मानिसलाई संक्रमण भएकोमा ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ । नेपालमा ५२९ जनाको नमुना परीक्षण गरिएकोमा हालसम्म १ जनाको मात्र पोजिटिव देखिएको र निजले समेत स्वास्थ्यलाभ गरि सकेको र सो बाहेक हालसम्म कसैलाई पनि कोरोनाभाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारले समयमा नै देखाएको सजगता र आम नेपाली जनताका सामूहिक सतर्कताका कारणले विश्व भरी महामारिको रुपमा फैलिएको कोरोनाभाइरस पूर्ण नियन्त्रण गर्न सफल एक मात्र देश नेपाल हुनगएको छ ।

यति हुँदाहुँदै पनि विश्वका शक्ति राष्ट्रहरुलाई समेत नराम्ररी पिरोलीरहेको यस महामारीवाट बच्न अझै धेरै सजगता, संयम र सामूहिक प्रयासको आवश्यकता अझै रहि रहेको छ । यस सन्दर्भमा नोबेल कोरोनाभाइरस सम्वन्धमा विभिन्न सञ्चार माध्यमका समाचार र यस सम्वन्धमा यथार्थ जानकारीको अभावका कारण आमजनमानसमा त्रास फैलिनु स्वभाविक छ । यस त्रासदीपूर्ण अवस्थाको गलत फाइदा उठाउदै दैनिक उपभोग्य लगायतका सामाग्रीहरुको कृतिम अभाब सृजनागरी कालोवजारी गर्ने र देश र जनता शंकटमा परेको मौका छोपी सोवाट फाईदा उठाउँदै अनुचित मुनाफाआर्जन गर्ने गलत तत्वले आफ्नो स्वार्थ पूर्तिगर्न सक्ने अवस्था समेतलाई दृष्टिगत गरी नियमित तथा प्रभावकारी अनुगमनका लागि पेसागत महासङ्घ नेपाल नेपाल सरकारसँग अनुरोध गर्दछ । साथै यस त्रासदीपूर्ण अवस्थामा सरकारबाट जारी हुने निर्देशन तथा उपायहरुको पालना र उपयोग गर्दै आफू सुरक्षित रहने र सम्वद्ध सवैसँग हातेमालो गरी यस महामारीलाई देश भित्र भित्रन नदिने र भित्रिहाले पनि समूचित सहयोगको व्यवस्था मिलाउन सवै राष्ट्रिय संघ, प्रतिष्ठान तथा महासङ्घ सम्वद्ध सदस्यहरुमा
आह्वान गर्दछौँ ।

साथै कोरोनाभाइरस फैलिएका देशहरुमा कामगर्ने नेपाली श्रमिकहरुको स्वास्थ्यको बिषयमा कुटनीतिक माध्यमबाट पहलगरी उपयुक्त कदम चाल्नका लागि नेपाल सरकारसँग अनुरोध गर्दछौं । आफ्नो कार्यक्षेत्रमा रहेका श्रमिक पेसाकर्मीहरुलाई उच्च सतर्कताका साथ काम गर्न तथा अवस्थामा सुधार नआउँदा सम्म राष्ट्रिय स्तरका ट्रेडयुनियन संङ्घ संगठनहरुलार्इ ठूल्ठूला सभा, सम्मेलन, भेला, जुलुस नगर्न, अनावश्यक घर बाहिर ननिस्कन, भिडभाडमा नजान तथा कार्यक्षेत्रमा जनचेतना जगाउने काममा सक्रिय रहन अनुरोध गर्दछौँ ।

२०७६ चैत्र ६

विष्णु लामिछाने
महासचिव