युवाहरु कोरोना भाइरसको उच्च जिखममा: सचेत हुन डब्लूएचओको चेतावनी

काठमाण्डौं,चैत्र,८-विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युवाहरुमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नरहेकोले सचेत रहन चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका युवाहरुले चयन गरेका व्यवहार कसैका लागि पनि जीवन र मरणको कारक हुने बताएका हुन् ।

 

युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकोले धेरै हिँडडुल गर्ने र कमजोर एवं वृद्ध मानिसहरुको संगत कम गर्ने कुरामा ध्यान दिन डब्लुएचओले सचेत गराएको हो ।

भाइरसले बृद्धहरुलाई अधिक प्रभाव पर्ने भएपछि युवाहरु पनि यसबाट नबचेको महानिर्देशक टेडरोजको भनाइ छ । अधिकांश देशका युवा स्वास्थ्य चेतावनीलाई लिएर चिन्तित नरहेको रिपोर्ट सार्वजनिक भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

अनुसन्धानले पाका उमेरका र रोगी व्यक्तिहरुलाई भाइरसले बढी असार पार्ने देखाएको छ । इटालीमा मृत्यु हुने व्यक्तिहरुको औषत आयु ७८ं दशमलब ५ वर्ष रहेको छ ।

चीनमा कोरोनाका कारण मृत्यु हुने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका रहेका छन । तर १५ प्रतिशतभन्दा धेरै ८० वर्ष उमेर कटेका रहेका पाइएको छ ।एजेन्सी