भोट हाल्न काठमाडौंबाट जिल्ला फर्किए आठ लाख मतदाता

काठमाडौं, मंसिर,१०-

पहिलो चरणअन्र्तगत आज ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई सातादेखि बाहिरिने क्रम बढेको छ । ‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्तादेखि जिल्ला फर्किनेहरुको क्रम बढेको छ, करिब ८ लाख त फर्किसके,’ उनले भने ।

विकट जिल्लाहरूमा पुग्न लामो समय लाग्ने भएकाले पनि मतदान हुनुभन्दा धेरै पहिलेदेखि नै जाने क्रम बढेको यातायात व्यवसायीहरूको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।