प्रादेशिक महोत्सवमा दर्शकहरुको घुईचो

राम सुनाम/

बाँके,माघ,१३-

नेपालगन्जमा प्रादेशिक महोत्सव जारी छ । आज महोत्सवको तेस्रो दिन दर्शकहरुको घुइचो लागेको थियो । कार्यक्रममा चर्चित गायक राजनराज सिवाकोटी, हास्य कलाकार केदार घिमिरे माग्ने बुढा, देउडा गायक सज्जन धामी लगायत स्थानिय कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुति दिएका थिए ।

आज बिदाको दिन भएकाले पनि दर्शकहरुको उत्साहजनक उपस्थिती थियो । स्टलहरुमा व्यापार पनि उत्साहजनक भएको व्यापारीहरुले वताएका छन् । महोत्सवमा भोली आधुनीक गायीका अन्जु पन्त, लोकदोहोरी गायक वसन्त लम्साल, नृत्यांगाना खुस्वु खड्का लगायतको प्रस्तुति रहने छ ।

२२ गतेसम्म चल्ने महोत्सवमा भोलीदेखी राहीमार्ट डान्सीङ स्टार प्रतियोगीता सुरु हुनेभएको छ । प्रतियोगीतामा प्रथम हुनेले १ लाख नगद राशी पुरस्कार पाउने आयोजकले जनाएको छ ।