सडक विस्तार गर्न नागरिक दवाब

नेपालगन्ज,मंसिर,१३
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २ स्थित घरवारीटोलको सडक बिस्तार गर्नका लागि नागरिक दबाब शुरु गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका , नागरिक समाज, नेपालगन्ज उद्योग व्यापार संघ, बिभिन्न संघसस्था, नेपाल प्रहरी , वडावासी सबैले हालको सडक साघुरो भएको हुँदा उक्त सडकलाई चौडा बनाउनका लागि घर भत्काएर सहयोग गर्न सबैलाई अाग्रह गरेका छन् ।

घरवारीटोल बाट निस्किएको र्याली त्रिभुवन चोकमा गएर कोणसभामा परिणत भएको थियोे ।

उक्त कोणसभामा बोल्दै उपमहानगरपालिकाका मेयर डा- धबल शमशेर राणाले सबैले सहयोग गरेमा उक्त सडक बिस्तार गर्न उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो। नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष नन्दलाल बैश्यले बाटो चौडा गराउन सबै व्यापारी , स्थानीय सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।