बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईयो

फाईल तस्विरमा : बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवश मनाउन उपस्थीत युवाहरु !!

बर्दिया,बैशाख,१-बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईएको छ।आज बिहिबार जिल्ला प्रशासन कार्यालय गुलरिया स्थित गणेशमान चोकमा कार्यक्रम सम्पन्न गरिएको हो । 

उक्त कार्यक्रममा ५० बढी युवाहरूको सहभागीतामा कोणसभा गरि सम्पन्न गरिएको हो । कार्यक्रममा बास नेपालका केन्द्रिय महासचिव खुमेश सुवेदीले बोल्दै राष्ट्रको सिर सधैं उच्च राख्नको लागि हामी युवाले व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर राष्ट्रको हितको लागि सोच्न आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले राष्ट्रिय झन्डा राष्ट्रको गौरव र पहिचान भएकाले पनि यसलाई कहिल्यै झुक्न दिन नहुने बताउदै “भन्नुभयो”आजकाल अधिकांश युवाहरु राष्ट्रिय झन्डा भन्दा दलगत झन्डा उठाउन रुचाउछन्, तर युवाहरूले राष्ट्र रहेमात्र अन्य कुराहरुको अस्तित्व रहन्छ भन्ने कुरा बुझ्न् जरुरी रहेको समेत बताउनुभयो।

त्यसैगरी बास नेपाल बर्दिया शाखाका सचिव राम बहदुर परियारले कार्यक्रम सन्चालन गर्ने क्रममा राष्ट्रिय झण्डा साच्चै नै गौरवको बिषय भएकाले राष्ट्रप्रती गौरव गर्ने वातावरण कायम राख्नु युवाहरुको महत्वपुर्ण जिम्मेवारी रहेको बताउनुभयो।

यसैगरी कार्यक्रममा सहकार्य, सहयोग गर्ने मधुवन, गुलरिया, बासगढी लगायत सम्पुर्ण शाखाबाट उपस्थित सबैलाई नेपाली राष्ट्रीय झण्डा दिवसको अवसरमा आयोजित कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नयाबर्ष २०७९ को शुभकामना दिदै बाँस बर्दियाका अध्यक्ष राज थारुले राष्ट्रिय गौरवका यस्तै बिषयहरुमा युवाहरु चनाखो हुनपर्ने धारणा राख्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

बास नेपाल केन्द्रिय कार्यालयले देशभरका सम्पुर्ण शाखाहरुलाई राष्ट्रिय झन्डा दिवस मनाउनको लागि सर्कुलर जारी गरेको र सोही अनुसार आज देशभरका अधिकांश शाखाहरुले राष्ट्रिय झन्डा दिवस मनाएको बास नेपालका केन्द्रिय महासचिव एबम प्रबक्ता खुमेश सुवेदीले जानकारी दिनुभयो ।