शैलेन्द्र र आशाको वियोगान्त गित : निष्ठुरी सार्बजनीक

काठमाण्डौं,फाल्गुन,२०-

गायक: शैलेन्द्र भण्डारी”सलु”/गायीका: आशा कुमारी शाही

नेपाली गित संगितमा अनवरत्न रुपमा लागीरहेका दैलेखका गायक गायीका शैलेन्द्र र आशाले विल्कुलै नयाँ वियोगान्त गित “निष्ठुरी” बोलको गित सार्बजनीक गरेका छन् ।

गित सार्बजनीक गेरपछि गायक गायीका द्वयले बिहानी अनलाईलाई जानकारी दिए अनुसार उक्त “निष्ठुरी” बोलको गितमा माया पिरती पछि विभिन्न कारणले बिछोडीनु परेको व्यथाका कुराहरुलाई अत्यन्तै मार्मीक तरिकाले गितको भिडीयो मार्फत प्रस्तुत गरिएकोले त्यो बिछोडको पिडामा छट्पटिएकालाई केहि मद्दत पुर्याउने बताएका छन् ।

गायीका आशा र गायक शैलेन्द्रका अनुसार लोक गित संगितको क्षेत्रमा जती गाह्रो छ, काम गर्न पनि त्यति नै गाह्रो रहेको बताउछन् । उनीहरु भन्छन्” यसपाली पहिलेका वर्षहरुका गित भन्दा फरक तरिकाले धेरै नै मेहेनत गरेर गित बनाएका छौं ।त्यसैले यसपालीको गितलाई दर्शकहरुले मन परादिन्छन् भन्नेमा आफुहरुको विस्वास रहेको बताएका छन् ।

( गितको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला ।) 

टि टाईम म्यूजिक प्रा.ली को यूटुव च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गितमा स्वर/ शब्द संकलन शैलेन्द्र भण्डारी “सलु”  र आशा कुमारी शाहिको रहेको छ,भने लय सानु बिपिन साप्लाङ्गी मगरले गरेका छन् ।

ईन्द्र जिसिको एरेन्जमा रहेको उक्त गितमा अभिनय पुजाना प्रधान , आकाश ठकुरी र साईड मोडलमा गायक राम बहादुर शाहिलाई देख्न सकिन्छ । जुन गितको विशेष सल्लाहाकारमा तारा बहादुर शाहि र प्रिती भण्डारी रहेका छन् ।