सरकारलाई नेपाल कम्युनिष्ट पार्टी विप्लवले दियो कडा चेतावनी

नेपालगन्ज,साउन,१५-

अाफना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाएर जेल हाल्ने तयारी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले अहिलेको सरकारलाई निशर्त रिहा गर्न अाग्रह गरेको छ ।

अाफनो पार्टीका पोलिटब्युरो सदस्यहरु कृष्ण धमला र मोहन कार्कीलाई साउन १० गते गिरफ्तार गरेर तिन दिन सम्म वेपत्ता पारेको र मानवअधिकार र पत्रकारहरुको खोज पछि सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हस्ताक्षर गरी निकालेको विज्ञप्तिमा अाफना नेत तथा कार्यकर्तालाई स-सम्मान रिहाइ गर्न अाग्रह गरिएको छ ।

यदि रिहा गरिएन भने पार्टी सङ्घर्षमा उत्रने र त्यसको जिम्मा सरकारले लिनुपर्ने लेखिएको छ ।
विप्लवको विज्ञप्ति यस प्रकार छ ।