जापानमा १६,९३६ संक्रमीत पुग्दा, ११,४६० जना निको भए, ७,४२ को मृत्यु

जापान,जेष्ठ,३-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) बाट १६ हजार ९ सय ३६ जना संक्रमीत भएका छन् । संक्रमीत भएका मध्य ११ हजार ४ सय ६० जना निको भईसकेका छन् ।

पछिल्लो समय निको हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । संक्रमण हुनेको संख्या अहिले घट्दै गएको छ ।गएको २४ घण्टामा अर्थात शनिबार बिहान सम्म थप नयाॅं ४८ जनामा संक्रमण देखिएको थियो, भने ४ सय ७१ जना निको भएर घर फर्केका थिए । हाल सम्म  ७ सय ४२ जनाको मृत्यु भैईसकेको छ । 

शनिबार बिहान सम्म जापानका विभिन्न ठाँउ, होक्काईदो, आवमोरी, खानागावा, हियोउगो केनमा एक एक जना यस्तै चिबा केनमा दुई जना त्यस्तै ओसाका केनमा ३ जना र टोक्योमा मात्र ७  जनाको एकै दिन निधन भएको थियो ।