वाम गठबन्धन ओखलढुंगाको कार्यक्रम रागादीपमा सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक,२३-
वाम गठबन्धनको कार्यक्रम आज क्षेत्र नं. १ को रागादीपमा सम्पन्न भएको छ । वामग गठबन्धनका साझा उम्मेदवार एमाले नेता अम्बिरबाबु गुरुगंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गठबनधनका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा मोलुङ गाउँपालिकाका प्रमुख मणिराज राई, निर्वाचन परिचालन कमिटीका संयोजक सिताराम गुरुङ, उम्मेदवार अम्बिरबाबु गुरुङ लगायते सम्बोधन गरेका छन् ।

उम्मेदवार गुरुङले मोलुङको समृद्धिका लागि आफु लडिरहने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरु निरकुमार गुरुङ, रविन्द्र गुरुङ र युवराज राई प्रवेश गरेका छन् ।

त्यस्तै सेर्ना गाविसमा गठबन्धनको निर्वाचन परिचालन कमिटी गठन भएको छ । काँग्रेस कार्यकर्ताहरु लक्ष्मी मगर, टोलमाया मगर, प्रेमबहादुर मगर लगायतका सात जना कार्यकर्ता गठबन्धनमा प्रवेश गरेको नेकपा एमालेका नेता जीवन थापाले बताउनुभयो । 

त्यस्तै क्षेत्र नं. २ मा संघीय प्रतिनिधी सभा र प्रदेश सभाको संयुक्त प्रचार सभा सकिएको छ । सभामा गठबन्धनका संघीय प्रतिनिधीसभा का उम्मेदवार एमाले नेता यज्ञराज सुनुवार र प्रदेश सभा सदस्यका उम्मेदवार माओावदी केन्द्रका मोहनकुमार खड्काले सम्बोधन गरेका थिए ।