‘हलेसी’-साईनो स्टारको पालिका स्तरीय अडिसन जारी

पाँच गाउँपालिका बाट ४७ जना छनोट

ओखलढुंगा,पौष,१९-
खोटाङ्गमा जारी सांगितिक प्रतियोगिता ‘हलेसी’– साईनो स्टारको पालिका स्तरीय अडिसन ५ वटा गाउँपालिकामा सम्पन्न भएको छ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पु¥याउने उद्देश्यले पुस ९ गतेबाट सुरु भएको स्टारको अडिसन साकेला गाउँपालिका, दिपु्रङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ्ग गाउँपालिका, जन्ते ढुंगा गाउँपालिका र बाराहापोखरी गाउँपालिकामा अडिसन सम्पन्न भएको हो ।

पाँच गाउँपालिकामा भएको स्टारको पहिलो अडिसनबाट ४७ जना नव प्रतिभाहरु छनौटभएको हलेसी–साईनो स्टारका संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए । संगीतकार भक्तकुमार बिश्वकर्मा र प्रमोद श्रेष्ठको निर्णायकबाट ४७ जना जिल्ला स्तरीय दोश्रो अडिसनका लागि छनौटमा परेका हुन् ।

स्टारको अडिसन पौष २० गते शुक्रबार, हलेसी तुवाचुङ नगरपालिका, पुस २१ गते रावाबेंशी गाउँपालिका, पुस २२ गते ऐसेलुखर्क गाउँपालिका, पुस २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र पुस २६ गते केपीलासगढी गाउँपालिकामा पहिलो चरणको अडिसन हुनेछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हकमा बुईपा र दिक्तेलमा अडिसन हुनेछ । गाउँपालिका स्तरीय अडिसनपछि जिल्ला स्तरीय अडिसन, जिल्ला स्तरीय दोश्रो, तेश्रो, चौथो, पाचौं, छैटौं तथा सातौ अडिसनसँगै प्रतियोगिता सम्पन्न हुनेछ । पालिकास्तरीय अडिसनमा जिल्लाका गायन क्षेत्रमा बिज्ञहरु निर्णायकमा रहेकाछन् ।

प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितियले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।