काठमाडौं,पौष–१८-

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१९”को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताउनु भयो ।

विगत १० वर्षदेखि काठमाडाैमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो नवौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।
(विद्यार्थीको व्यक्तित्व शिक्षा र सुन्दरता‘ Student’s personality education and beauty’) भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ । उक्त कार्यक्रमको लागि सहभागीताको लागि माघ तेस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइलफोन तथा अष्टेलियाको लागि छात्रावृत्ति साथै वाली भ्रमण गर्नको लागि हवाई टिकट पाउने छिन भने अन्य विभिन्न गिफ्टहयाम्परहरु प्राप्त गर्ने छिन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।