मेस्सीले डेब्यु खेलमा फ्री-किकमार्फत गोल गर्दा मियामीको जित

मेस्सीकोे डेब्यु गोलमा मियामीको जितकाठमाण्डौ,साउन,६-लिओनल मेस्सीले डेब्यु खेलमा नै फ्री-किकमार्फत गोल गर्दै इन्टर मियामीलाई  जित दिलाएका छन्।

अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-१ ले हराएको छ।खेलको ४४ औ मिनेटमा राबर्ट टेलरको गोलमा मियामीले खेलमा अग्रता बनाएको थियो।युरिएल अन्तुनाले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले इन्ज्युरी समयको तेस्रो मिनेटमा फ्रिकिकमा गोल गरेका थिए।इन्ज्युरी समयमा मेस्सीलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि मायमीले फ्रिकिकको अवसर पाएको थियो।मेस्सीले उक्त फ्रिकिक टप कर्नरमा गोल गर्दै जित दिलाए ।

जितपछि लिग कप साउथ अन्तर्गत समूह ‘सी’ को मियामीले तीन अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।यो समूहमा मेक्सिकोको क्रुज अजुल र अमेरिकाको एटलान्टा युनाइटेड एफसी रहेका छन् ।मेस्सी हालै पेरिस सेन्ट जर्मेइन (पीएसजी) छोडेर लिग क्लब इन्टर मियामीमा अनुबन्ध भएका हुन् ।