एनआरएनए जापानको सचिवमा अर्जुन थापा (बगाले) को उमेदवारी

फाईल तस्विरमा : गैर आवासिय नेपाली संघ जापानको सचिव पदका उमेदवार अर्जुन थापा(बगाले)

टोकियो,जापान,साउन,७-गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदका लागी अर्जुन थापा (बगाले) ले उमेदवारी दिनु भएको छ।

आगामी जुलाई ३० तारिख हुने निर्वाचनका लागी उहाँले गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको ११ औं सचिव पदका लागी उमेदवारीको घोषणा गर्नु भएको बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

सचिव पदका उमेदवार थापाले “विधि, विधान र नीतिमा सबलीकरण !! पारदर्शी एनआरएनएमा प्रबलीकरण” भन्ने मुल नाराका साथ सचिव पदका लागि आफ्नो उमेदवार घोषणा गर्नु भएको छ।

विगत १० बर्ष देखि जापानमा बसोबास गरि रहनु भएका थापाले विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आउनु भएको छ। 

जापानमा बसोबासको क्रममा उहाँले सन् २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य,यस्तै नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिब, नेपाल फेस्टिवल फुकुओकाको सचिब, २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिब, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गरि सक्नु भएको छ।

उहाँले विभिन्न संघ संस्थामा आबद्ध भई काम गर्ने क्रममा धेरै महत्वपूर्ण कार्यहरु गरेको र अझ सशक्त भएर सामाजिक कार्य गर्न तिब्र इच्छा रहेको बताउनुभयो।

उहाँले आगामी सचिव पदमा निर्वाचित भएमा एनआरएनए जापानको १२ वटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमा संथागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ।

साथै उहाँले आज सम्म सामजिक यात्रामा साथ,सहयोग एवं सद्भाव दिनुहुने सबैजना प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यस पटक पुनह: २०२३-२०२५ कार्यकालको लागि सचिव पदमा अत्यधिक बहुमतका साथ विजय गराईदिनुहुन सबैजना संग सहयोगको अपिल पनि गर्नु भएको छ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदको कार्यकाल दुई वर्षको हुनेगर्छ।