राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ : चित्रबहादुर केसी

वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन् भन्ने मेरो निष्कर्ष छ : चित्रबहादुर केसीकाठमाडौं,साउन,१९-राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताउनुभएको छ।शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताउनुभएको हो।

उहाँले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताउनुभयो।सभापति केसीले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो।उहाँले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै उहाँले यसको दोष सबैले लिनुपर्ने बताउनुभयो।बैठक बस्नका लागि आफूले समिति सदस्यहरुसँग छलफल गर्दा एजेण्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उहाँले जानकारी गराउनु भयो।

उहाँले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भएपनि नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराउनुभएको बताउनुभयो।उहाँले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भिर रुपले अगाडी जानुपर्ने बताउनुभयो।ईमेजखबरबाट