ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौं,साउन,१९-नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्नु भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताउनुभयो।

पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बन्नु भएको थियो।२०७६ सालमा उनी राष्ट्रिय टिमको कप्तान बन्नु भएको थियो।