सरकारले प्रि बजेट माथीको छलफल नगरि बजेट ल्याउने तयारी

काठमान्डौ,बैशाख,२५-
सरकारले प्रि बजेट माथीको छलफल नगरि बजेट ल्याउने तयारी गरेको छ । जेठ १५ गते बजेट ल्याउनु अघि निति तथा कार्यक्रम र प्रि बजेट माथी छलफल गर्नुपर्ने प्रावधान भएपनि यस पटक नभ्याईने भएकाले सिधै बजेट ल्याउने तयारी सरकारले गरेको हो । सहमतिका लागि भन्दै आजका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक आगामी जेठ ४ गते सम्मका लागि स्थिगित गरिएको छ । जेठ ४ गते बैठक बसेर अधिबेशन अन्त्य गरि प्रक्रियामा नै बजेट ल्याउन संभव नहुने भएकाले सिधै बजेट ल्याउने तयारी भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले सीआईएनलाई जानकारी दिनुभयो । संसद नियमावलिमा अधिबेशन अन्त्य भएको एक साता अघि अर्को अधिबेशन बोलाउन नमिल्ने भए पनि एकदुई दिन मात्रै स्थिगित गरेर नयाँ अधिबेशन थाल्ने तयारी भएको पनि उहाँले बताउनुभयो ।