प्रधानमन्त्री ओली हावाहुरीबाट प्रभावित जिल्ला जाँदै

काठमाण्डौं,चैत्र,१८-

प्रधानमन्त्री केपी शर्मा ओली बारा जान लाग्नु भएको छ । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीले प्रभावित पारे पछि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला झापामा हुने सबै कार्यक्रम स्थगित गरेर प्रदेश २ को हुरी प्रभावित जिल्ला जान लाग्नु भएको हो ।

 प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार उहाँले झापाका सबै कार्यक्रमहरु स्थगित गरेर हुरी प्रभावित जिल्ला जान लागेको जानकारी दिनुभयो ।

गएराति बएको भीषण हुरीले बारा, पर्सालगायतका जिल्लामा ठूलो जनधनको धेरै क्षति भएको जानकारी पाएपछि प्रधानमन्त्रीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गर्नुभएको हो । उहाँ हेलिकप्टरमार्फत् हुरी प्रभावित जिल्ला जाँदैहुनुहुन्छ ।

यस्तै : प्रधानमन्त्री संग प्रदेश २ का मुख्यमन्त्रीसहित सबै मन्त्री तथा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरिक मामिला तथा कानुन लगायत मन्त्रालयका मन्त्रीहरुपनि प्रदेश २ जाँदैछन्।