मतगणना सकिए लगतै मतगणना आजै बेलुकीबाट सुरु हुने

छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान हुदै

काठमाडौं ,बैशाख,३१ –

स्थानीय तह निर्वाचनको मतगणना सकिए लगतै मतगणना सुरु हुने भएको छ ।अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ ।निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ ।

जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ । अनलाईनखबरबाट