रामपुर विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन

बुडर,डोटी,साउन,२५-डोटी जिल्लाको जोरायल गाॅंउपालीका २ छतिवनमा रहेको श्री रामपुर नमुना माध्यामिक विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन हुनु भएको छ । 

गएको मंगलबार विद्यालयको व्यवस्थापन समितीको बैठकले शिक्षा बिटमा काम गर्न इच्छुक युवा एवं उर्जावान व्यक्ती कुॅंवरलाई निर्बिरोध चयन गरेको हो ।

फाईल तस्विरमा : रामपुर विद्यालयका नव-निर्वाचीत समन्वय समिती संयोजक भरत कुॅंवर

समितीले कुॅंवरको संयोजकमा ७ जना पदाधिकारी चयन गरेको छ ।समितीले चयन गरेको पदाधिकारीहरुमा समन्वय समितीको संयोजकमा भरत कुंवर यस्तै सदस्यहरुमा शंकर रावल , योगेन्द्र मल्ल , चन्द्र बहादुर मल्ल , बिजय गाहा, लिला मल्ल र वीर बहादुर जर्गा लाई सर्वसम्मतले चयन गरेको थियो ।

को हुन् नव-निर्वाचित कुॅंवर ?

नव-निर्वाचित भरत कुॅंवर जोरायल गाॅंउ पालिकाकाको रुपसकाॅंडा गाॅंउमा बसोबास गर्दै आईरहेका एक स्थानीय बासिन्दा हुन् । उनले बिगत लामो समय देखि विद्यालयको शिक्षाको गुणस्तर लाई सुधार्नका निम्ती सम्बन्धीत निकायहरुलाई झकझक्याउदै आवाज उठाउदै आईरहेका छन् । 

उनले रामपुर विद्यालयको स्वामित्वमा रहेको निजि जमीनको समन्धमा विगत लामो समय देखि कुरा उठाउदै आएका थिए । जुन कुराको अझै छिनोफानो भैसकेको छैन् । 

“निर्वाचित संयोजक कुॅंवरले भन्नुभयो”जोरायल गाउपालिका २ छतिवनको बुडर बजार क्षेत्रमा रहेको कित्ता नम्बर ६६५ जग्गा रामपुर नमुना माध्यामिक बिधालयको नाममा रहेको छ, त्यो जमिन बिगत लामो समय देखि बिवादित छ ।उक्त विद्यालयको विवादित जमिनको छलफल गरि चाडै नै फिर्ता गरि अन्त्य गर्ने बताउनुभयो ।

उहाॅंले “अगाडी भन्नुभयो” बुडर बजारको भविश्य यहाॅंको सडकको कारण अन्यौलमा परिरहेको र यसको दिर्घकालिन समधान खोज्न सम्पुर्ण सरोकार वालाको ध्यानाकर्षण गराउदै जमिनमा जनताको लगानीलाई मध्यनजर गर्दै विद्यालयको नाममा संरचना तयार गर्दा विद्यालयको दिर्घकालिन आर्थीक आम्दानीको लागि श्रोत बन्न सक्ने आफुले आकलन गरिरहेको कुॅंवरले बताउनुभयो ।

पछिल्लो समय कुॅंवर त्यस क्षेत्रको विकासको काममा निकै अग्रसर दिखिएका युवा हुन् । उहाॅंको त्यो अग्रसरबाट विकास कार्यमा पछाडी रहेको त्यस क्षेत्रमा केहि विकास हुने आश स्थानीय बासिन्दामा जागेर आएको छ ।

उहाॅंले विकासका कार्यहरुमा गाॅंउपालिकाले गर्दै आईरहेको कार्यप्रती कडा रुपमा आवाज उठाउने गरेका छन् । विकासका नाममा हुने भष्ट्रचार नहुन दिनको लागि भष्ट्रचारीको घोर विरोध गर्ने गरेका छन् । अहिले उहाॅं त्यस क्षेत्रमा निकै अग्रसरको युवाको रुपमा चिर परिचित हुॅंदै आएका छन् ।