यस वर्ष श्री गणेश खुकुरी एफसीको “समर कम २०२०” कोरोनाका कारण स्थगित

फाईल तस्विर !!

फुकुओका,जापान,साउन,२५-जापानको फुकुओकामा विगत ५ वर्ष देखि निरन्तर रुपमा सन्चालन  हुॅंदै आईरहेको फुटसल प्रतियोगिता “समर कप २०२०” यस पटक भने स्थगित भएको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण यो वर्ष फुटसल प्रतियोगिता स्थिगित गरिएको हो । 

श्री गणेश खुकुरी एफसीले पहिलो पटक प्रवासी भुमिमा नेपाली दाजुभाई विच मनोरन्जनका साथै भाईचाराको सम्बन्धलाई खेलको माध्यमबाट प्रगाढ बनाउने उद्देश्य बोकि हरेक वर्ष जापानको फुकुओकामा समर कप फुटसल प्रतीयोगीता आयोजना गर्दै आएको थियो ।

फुकुओकामा खेलाडीहरुले सर्वाधिक रुपमा रुचाएको समर कप फुटसल प्रतियोगिता हो।जुन प्रतियोगिताको सबै जसो खेलाडीहरुले प्रतिक्षा गरिरहेका थिए । 

खेलाडीहरुले प्रतिक्षा गरि रहेको प्रतियोगीता समर कप २०२० भने अन्तत:तयारी पुरा गरिएता पनि कोरोना भाईरसका कारण प्रतियोगिता गर्नमा समस्या भएको आईतबार टिम म्यानेजर ईन्द्र घले र प्रतियोगिताका प्रायोजक श्री गणेश रेष्टुराण्टका प्रो.प्राईटर छत्र दाहालले जानकारी दिनुभयो ।

यसैबिच:कोरोना भाईरस अन्त्य भए संगै आगामी वर्ष फुटसल प्रतियोगिता “समर कप २०२१” लिएर आउने प्रतिबद्धता गरेको श्री गणेश खुकुरी एफसीका टिम क्याप्टेन रन्जित गुरुङले जानकारी दिनुभयो।