म्यानचेस्टर सिटीलाई लगातार तेस्रो पटक काराबाओ कपको उपाधि

काठमाडौं,फागुन,१९-इंङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

गएराति भएको फाइनल खेलमा एस्टन भिल्लालाई २–१ ले हराउँदै सिटीले लगातार तेस्रो पटक काराबाओ कप जितेको हो ।

समग्रमा भने सिटीको यो सातौं लिग कपको उपाधि हो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जियो अगुएरो र रोड्री हर्नान्डेजले एक एक गोल गरे ।भिल्लाको लागि एम्बाना समटाले एक गोल फर्काए ।