नक्सा फेरेर ठगी गर्ने ९ माथी मुद्दा : ६ फरार २ कर्मचारी सहित ३ कारागार चलान

बाँके,फागुन ६-सरकारी कागजातमा किर्ते गरि जग्गा बिक्री गरेको आरेपमा पक्राउ परेका कर्मचारी सहित तीन जनालाई जिल्ला अदालत बाँकेको आदेशमा पुर्पक्षका लागि कारागार पाठाईएको छ ।नेपालगंज २७ मनिकापुरको जग्गालाई सुर्खेरोडको घडेरी जग्गा हो भने बिक्री गर्ने व्यक्ती र उक्त कार्यमा सघाउने कर्मचारीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके ईन्द्रपुर नौसाद अली मनिहारले बाँके सम्शरगन्ज  श्रवण कुमार वर्णवाललाई २९ लाख ५० हजार रुपैंया जग्गा बिक्री गरेका थिए । मनिहारले नापी कार्यालयका कर्मचारीको मिलेमतोमा मनिकापुर ९ को कित्ता नं. ९४४ को जग्गालाई नापी कार्यालयको सक्कल नक्सामा नापी सच्याई नेपालगंज कोहलपुर सडक खण्डमा पर्ने देखाएर वर्णवाललाई झुक्याएका थिए ।

सोही मुद्दामा पक्राउ परेका तत्कालीन नापी कार्यालय बाँकेका कार्यालय सहायक धम्बोझीका मन्साराम कुर्मी र सोही कार्यालयका नायब सुब्बा बंसराम मौर्यले बुधबार अदालतले कारागार चलान गरेको हो ।मनिहार,कुर्मी र मौर्यलाई कागज किर्ते,ठगी तथा संगठित अपराध मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

५ लाख मूल्य पर्ने जग्गालाई राजमार्गमा छ भनी ठगी गरको पाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार ठगीमा संलग्न  जना पुर्पक्षका लागि कारागार पठाइएपनि बाँकी ६ जना अझै परार रहेका छन् ।