अन्तर मावि उपमेयर छात्रा क्रिकेटको उपाधी नेपालगञ्ज मोडेल एकेडेमीलाई

नेपालगञ्ज,फाल्गुन,२८-
नेपालगञ्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेटको उपाधी नेपालगञ्ज मोडेल एकेडेमीले चुम्न सफल भएको छ ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको मंगलबार भएको खेलमा होलिल्याण्ड माविलाई १ रनले पराजित गर्दै मोडेल एकेडेमीले उपाधीमा आफनो हातमा पार्न सफल भएको हो ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको नेपालगञ्ज मोडेल एकेडेमीले १५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय २६ रन वनाएको थियो । उसका लागि स्वस्तिका बजगाइले ५५, सुस्मिता बजगाइले १३, शोभा शाहीले ११ रनको पारी खेलिन । होलिल्याण्डका बलर मलिका शर्मा र श्रृस्टी पौडेलले १,१ विकेट लिइन ।

जवाफी व्याटिङमा आएको होलिल्याण्डले १५ ओभरमा ३ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । उसका लागि श्रृस्टी पौडेलले ३५, सुमन योगीले ३३ रन बनाउनु वाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मोडेल एकेडेमीका बलर स्वस्तिका बजगाई, पबित्रा चन्दले १ र १ विकेट लिइन् । प्रतियोगितामा मोडेलका सुस्मिता बजगाई बेस्ट व्याटस्मेन, मंगलका प्रतीक्षा चौधरी बेस्ट बलर, उदयमान खेलाडी आदर्शका निशा पुन मगर, बेस्ट फिल्डर मंगलका अखिला जिएम र प्लेर अफ द सिरिज होलिल्याण्डकी श्रृष्टि पौडेल घोषित भए ।

प्रतियोगितामा बिजयी विद्यालयले ४० हजार र उपविजेला स्कुलले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता तथा उपविजेता विद्यालयलाई प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिका उप मेयर उमा थापा मगर, क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष सञ्जयसिंह, जिल्ला अध्यक्ष दुर्गा बहादुर थापा, वडा २ का अध्यक्ष सुनिल सिंह हमाल लगायतले पुरस्कार बितरण गर्नु भएको थियो ।

कार्यक्रम संयोजक मेराज अन्सारी, पुर्व जिल्ला शिक्षा अधिकारी विष्णुु प्रसाद थैव, वडा न ६ का अध्यक्ष समिर प्रताप सिंह, क्रिकेटर नैरी थापा लगायतका अतीथीले पनि वीजयी खेलाडीलाई मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । प्रतियोगितामा १४ माविका महिला टिमको सहभागीता रहेको थियो ।